बिक्रीमा गिरावट आएपछि अबतार टी०९ मा देखियो ठूलो डिजाइन परिवर्तन
काठमाडौं–चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) को पछिल्लो...
काठमाडौं–भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो जनधनको क्षति पु¥याएको परिस्थितिलाई ध्यानमा राख्दै विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले नेपाल सरकारको राहत तथा पुनस्र्थापना अभियानमा ठूलो सहयोगको घोषणा गरेको छ ।
इनड्राइभले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड ५० लाख आर्थिक योगदान प्रदान गरेको हो । इनड्राइभ नेपालका प्रतिनिधिहरूले सो सहयोग रकम माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेका छन् ।
कोषमा आर्थिक सहयोग गर्नुका अतिरिक्त इनड्राइभले बाढीपीडित समुदायसम्म पुगेर प्रत्यक्ष राहत सामग्रीसमेत वितरण गरिरहेको छ । यसै क्रममा नुवाकोटको विदुर नगरपालिका वडा नं. ९ का बाढी प्रभावित परिवारहरूलाई खाद्यान्न, सोलार बत्ती, इन्डक्सन चुलो, ब्लाङ्केट तथा स्यानिटरी प्याडलगायतका अत्यावश्यक सामग्रीहरू उपलब्ध गराइएको छ ।
विपद्को यस घडीमा इनड्राइभका फाउन्डर तथा सीईओ आर्सेन टोम्स्कीले नेपाल आफ्नो समुदायको महत्त्वपूर्ण हिस्सा भएको उल्लेख गर्दै प्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...