वीरगन्जमा १७ युनिट अवैध भारतीय इलेक्ट्रिक स्कुटर बरामद
काठमाडौं–पर्सा प्रहरीले वीरगन्ज महानगरपालिकाका विभिन्न क्षेत्रबाट...
काठमाडौं–चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालय (एमआईआईटी) को पछिल्लो नयाँ सवारी दर्ता विवरण अनुसार, कार निर्माता कम्पनी अबतारले आफ्नो नयाँ ६ सिटर प्लग–इन हाइब्रिड एसयूभी टी०९ दर्ता गराएको छ ।
तर यसको नयाँ स्वरूपले कम्पनीले आफ्नो परम्परागत र अद्वितिय डिजाइन शैली त्यागेको संकेत गर्छ । नयाँ टी०९ को बाहिरी रूप बीवाईडी याङवाङ यू८ सँग मिल्दोजुल्दो देखिएको छ ।
यस गाडीको लम्बाइ ५,२८५ मिमी, चौडाइ २,०२५ मिमी, उचाइ १,८१० वा १,८२० मिमी र व्हीलबेस ३,१५० मिमी रहेको छ । गाडीमा ६ जना यात्रु बस्न सक्ने क्षमता छ । अबतारा टी०९ दुई प्रकारका इन्जिन विकल्पमा आउने उल्लेख गरिएको छ ।
दुवै संस्करणमा क्याटलद्वारा निर्मित ७१.२४ किलोवाट आवरको टर्नरी लिथियम ब्याट्री राखिएको छ र यसको अधिकतम गति २२० किमी/घण्टा रहेको छ । पहिलो संस्करणमा १.५ लिटर इन्जिनसँगै डुअल मोटर सेटअप छ जसमा अगाडिको मोटर १८० किलोवाट र पछाडिको मोटर ३१० किलोवाटको रहेको छ ।
दोस्रो संस्करणमा २.० लिटर इन्जिनसँगै ट्रिपल मोटर सेटअप राखिएको छ जसमा अगाडि १८० किलोवाट तथा पछाडि देव्रे र दाहिने दुवैतर्फ २२५/२२५ किलोवाट क्षमतका मोटरहरू रहेका छन् ।
अबतारका गाडीहरु यसअघि आफ्नै फरक र आधुनिक डिजाइनका लागि परिचित थिए । तर अगस्ट महिनामा बिक्रीमा आएको १९.७ प्रतिशतको गिरावटपछि कम्पनीले आफ्नो डिजाइन शैलीमा परिवर्तन गरेको अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...