चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी०३एक्स’
चिनियाँ बजारमा ए१० का रूपमा परिचित पूर्ण रूपमा नयाँ लिपमोटर बी०३एक्स...
काठमाडौं–हालै रसुवास्थित भोटेकोसी क्षेत्रमा आएको भीषण बाढी र पहिरोका कारण प्रभावित क्षेत्रहरूमा उद्धार र राहत सामग्री पु¥याउन सडकमार्गबाट कठिनाइ भइरहेको अवस्थामा मलेसियाली अटोमोबाइल कम्पनी प्रोटोनले नेपाल सरकारलाई सहयोगको हात बढाएको छ ।
विपद् व्यवस्थापन र उद्धार कार्यलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ प्रोटोनले नेपाल सरकारलाई दुई लाख रिङ्गिट बराबरको आधुनिक ड्रोनहरू सहयोगस्वरूप उपलब्ध गराएको हो ।
यी ड्रोनहरू विशेष गरी सडकमार्गबाट तत्काल पुग्न कठिन वा जोखिमपूर्ण रहेका स्थानहरूको हवाई निरीक्षण गर्न र वस्तुस्थिति पत्ता लगाउन अत्यन्त उपयोगी हुनेछन् ।
मलेसियाको राष्ट्रिय विपद् व्यवस्थापन एजेन्सी एनएडीएमएको समन्वयमा हस्तान्तरण गरिएका यी उपकरणहरू पूर्ण रूपमा नेपाल सरकारको स्वामित्वमा रहनेछन् ।
नेपाली प्राविधिक तथा उद्धार टोलीलाई ड्रोन सञ्चालनसम्बन्धी आवश्यक तालिम मलेसियाको विशेष उद्धार टोलीले प्रदान गर्ने जनाइएको छ ।
प्रोटोनको नेपालस्थित आधिकारिक वितरक जगदम्बा मोटर्स (शंकर ग्रुप) ले पनि बाढीपीडितहरूका लागि चार करोड रुपैयाँ नगद सहयोगको घोषणा गरेको छ ।छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...