नेपाल मोबिलटी एक्सपोमार्फत सार्बजनिक हुँदै मिफा७, यस्तो छ प्रिमियम एमपीभीका विशेषता

काठमाडौं– साउन २१ गते काठमाडौंमा आयोजना हुन लागेको नाइमा नेपाल मोबिलिटी एक्सपो–२०२५ मा म्याक्सस ब्रान्डको विद्युतीय एमपीभी म्याक्सस मिफा७ लन्च हुने भएको छ । म्याक्सस चीनको प्रतिष्ठित एसएआईसी मोटर ग्रुप अन्तर्गतको एक प्रिमियम सब–ब्रान्ड हो ।

सात सिट क्षमताको यो लक्जरी एमपीभीलाई हिमालयन मोट्रक्सले सार्वजनिक गर्न लागेको हो । हिमालयन मोट्रक्स, हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हो, जसले विगत ३० वर्षदेखि विभिन्न अन्तर्राष्ट्रिय सवारी साधनहरू नेपालमा आयात गर्दै आएको छ ।

‘नेपालमा प्रिमियम कारको माग तीव्र छ,’ हिमालयन मोट्रक्सका प्रबन्ध निर्देशक सौरभ थापाले भने्, ‘मिफा७ ले प्रिमियम सवारी साधन खोज्ने ग्राहकका लागि लक्जरी र प्रविधिको अद्वितीय संयोजन प्रदान गर्नेछ ।’ थापका अनुसार यो एक सवारी साधनमात्र नभई, प्रिमियम लाइफस्टायल स्टेटमेन्ट पनि हो ।

यो गाडीमा ९० किलोवाट क्षमताको हाई पर्फमेन्स ब्याट्री जडान गरिएको छ, जसले ६३५ किमी दूरी पार गर्नसक्ने दाबी गरिएको छ । साथै यो कारले डीसी फास्ट चार्जिङ सपोर्ट गर्नेछ, जसबाट ३० मिनेटमै ३० देखि ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।

यस एमपीभीमा जडान गरिएको ब्याट्रीमा ग्राहकले ८ वर्ष वा २ लाख किलोमिटर वारेन्टि तथा मोटरमा ५ वर्ष अर्थात १ किलोमिटर सम्मको वारेन्टि पाउनेछन् । मिफा७ को मूल्य गाडी लन्च भएपछि मात्रै सार्बजनिक गरिने कम्पनीको भनाई छ ।

गाडीमा इलेक्ट्रिक स्लाइडिङ ढोका, एईबी (स्वचालित आपतकालीन ब्रेक), ब्लाइन्ड स्पट मोनिटरिङ, ३६० डिग्री क्यामेरा, लेन–कीप असिस्ट, अडप्टिभ क्रुज कन्ट्रोल जस्ता फिचरहरू उपलब्ध छन् । यसले यूरो एनक्याप, सी–एनक्याप र ए–एनक्यापमा ५ स्टार रेटिङ पाएको छ ।

मिफा७ मा १८० किलोवाटको हाई–परफर्मेन्स इलेक्ट्रिक मोटर (३५० एनएम टर्क) जडान गरिएको छ । साथै, कारमा उपलब्ध १२.३ इन्चको डुअल डिजिटल डिस्प्ले, एड्भान्स्ड मल्टिमिडिया सिस्टम, विशाल प्यानोरामिक सनरूफ र मसाज फिचर सहितका सिटहरूले यसलाई लक्जरियस र प्रिमियम बनाएको छ ।

सम्बन्धित समाचारहरू

चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ  भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चर्चामा ३ मिनेटमै दुई लाख बुकिङ भएकाे इलेक्ट्रिक एसयूभी वाईयु७

चीनमा हालै लन्च गरिएको शाओमीको इलेक्ट्रिक एसयूभी शाओमी वाईयु७ को बुकिङ...

स्काईवेलको फ्ल्यागसिप शोरुम अब पोखरामा

स्काईवेलको फ्ल्यागसिप शोरुम अब पोखरामा

पोखरा – नेपाली बजारमा पाइने लक्जरी एसयुभी स्काईवेलको आधिकारिक वितरक जी...

हाल सम्मकै सबैभन्दा बढी क्षमता भएको इलेक्ट्रिक स्कुटर नेपालमा

हाल सम्मकै सबैभन्दा बढी क्षमता भएको इलेक्ट्रिक स्कुटर नेपालमा

काठमाडौं – नेपाली बजारमा नयाँ चिनियाँ ब्रान्डको इलेक्ट्रिक स्कुटर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...