म्याक्ससको दसैं अफर : ई–टेरोन खरिदमा १ वर्ष निःशुल्क चार्जिङदेखि २० प्रतिशत डाउनपेमेन्टसम्म
काठमाडौं – नेपालमा म्याक्सस ब्रान्डको आधिकारिक वितरक हिमालय मोट्रक्सले...
काठमाडौं–चिनियाँ अटो निर्माता कम्पनी लिपमोटरको नयाँ इलेक्ट्रिक क्रसओभर बी०३एक्स अस्ट्रेलियाली बजारमा आधिकारिक रूपमा सार्वजनिक भएको छ ।
अस्ट्रेलियन डलर २९ हजार ९९० को सुरुवाती अन–रोड मूल्यमा उपलब्ध गराइएको यो गाडी अस्ट्रेलियामा पाइने सबैभन्दा सस्तो इलेक्ट्रिक एसयूभी बनेको छ । ४.२७ मिटर लम्बाइ र ६०२ लिटरको ट्रंक क्षमता रहेको यो गाडी दुई फरक भेरियन्टमा प्रि–अर्डरका लागि उपलब्ध भएको हो ।
नेपाली बजारमा समेत उपलब्ध यस एसयूभीको इन्ट्री लेभल भेरियन्टमा ३९.८किलोवाट आवरको एलएफपी ब्याट्री र १३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ, जसले २९२ किमी सम्मको रेन्ज दिन्छ । नेपालमा यसको इन्ट्रि लेभल भेरियन्टलाई भने उपलब्ध गराइएको छैन ।
त्यस्तै, ५३ किलोवाट आवरको लङ रेन्ज भेरियन्टमा १४५ किलोवाट क्षमताको मोटर छ, जसले एकपटकको फुल चार्जमा ३८२ किमी सम्मको यात्रा तय गर्न सक्ने दाबी गरिएको छ ।
गाडीको भित्री भागमा १४.६ इन्चको मुख्य इन्फोटेनमेन्ट स्क्रिन, एप्पल कारप्ले, एन्ड्रोइड अटो र १२ वटा स्पिकर जस्ता आधुनिक सुविधाहरू समावेश गरिएका छन् ।
चीनमा लिपमोटर ए१० को नामले बिक्री हुने यस कारलाई लिपमोटरले विश्वप्रख्यात अटोमोबाइल कम्पनी स्टेलान्टिस संगको सहकार्यमा उत्पादन गरेको हो । यो कार चीनमा मार्च २०२६ मा सार्वजनिक भएर छोटो समयमै १ लाख २२ हजारभन्दा बढी युनिट बिक्री भइसकेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...