स्याफ्रुबेसीमा बेलीब्रिज निर्माणको काम सुरु

काठमाडौं - रसुवाको स्याफ्रुबेसीमा बेलीब्रिज जडान गर्न फाउन्डेसन निर्माणको काम अघि बढाइएको छ। नदीका दुवैतर्फ उपकरण परिचालन गरी सडकको अस्थायी ट्रयाक खोल्ने काम सुरु गरिएको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

कुल ७६ मिटर लम्बाईको बेलीब्रिज निर्माण गर्न एक्सिस रोड निर्माणको काम भइरहेको छ ।

बेलीब्रिज जडान गर्न १४ मिटर फाउन्डेसन उठाउन जग खन्न दुई वटा एस्काभेटर प्रयोग भइरहेको छ । वेत्रावतीमा बेलीब्रिज जडानको काम अन्तिम चरणमा पुगेसँगै स्याफ्रुबेसीमा पनि निर्माण कार्यलाई तीव्रता दिइएको छ।

स्याफ्रुबेसीमा बेलीब्रिज निर्माण सम्पन्न भएसँगै रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुने मन्त्रालयको भनाइ छ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...