४ हजार ६६० मिटर उचाइमा रहेको कोर–ला पास पुग्यो एमजी४ ईभी

काठमाडौं– नेपाली बजारमा लोकप्रिय वनिरहेको इलेक्ट्रिक कार एमजी४ ले अपर मुस्ताङमा अवस्थित कोर–ला पाससम्मको यात्रा सम्पन्न गरेको छ । समुद्री सतहदेखी ४ हजार ४६० मिटर उचाईमा रहेको उक्त भुगोलमा एमजी४ सहजै पुगेको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोर्टसले जनाएको छ ।

एमजी४ लाई धीरेनमान श्रेष्ठ नेतृत्वको टोलीले कोर–ला पाससम्म पुर्याएका हुन् । श्रेष्ठका अनुसार उत्कृष्ट पावर र पर्फमेन्सका कारण एमजी४ लाई सहजै उक्त कठिन भुगोलसम्म पुर्याउन सकिएको हो । ‘यो कारमा भएको ५ लिंक रियर इन्डिपेन्डेन्ट सस्पेन्सन, रियर ह्विल ड्राइभ र रोवस्ट सस्पेन्सन सिस्टमका कारण अफरोडमा समेत सहजै यात्रा गर्न सकिन्छ । साथै यसको ब्याट्री क्षमता, रिजेनेरिटिभ ब्रेकिङ सिस्टम र उत्कृष्ट स्पिडका कारण अपर मुस्ताङ जस्तो कठिन भुगोलसम्म यात्रा गर्न सहज भयो’ उनले भने ।

अपर मुस्ताङको उक्त उचाइमा पुग्न सक्नुले एमजी४ आँफैमा एक मजवुत ईभी रहेको प्रमाणित गर्ने पारमाउन्ट स्रोतले जनाएको छ । ‘एमजी४ को यो सफलता आँफैमा एक माइलस्टोन हो र यो कार नेपालको जस्तोसुकै भुगोलमा सहजै पुग्न सक्छ भन्ने ज्वलन्त उदाहरण पनि हो’ स्रोतले भन्यो ।

२ वर्षअघि लन्च भएको यो कारले अन्तराष्ट्रिय बजारमा विभिन्न अवार्ड पाएको छ । एमजी४ ले ‘ओभरअल टप कार अफ २०२४’, ‘बेस्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ दि इयर २०२३’ र ‘बेस्ट भ्यालू इलेक्ट्रिक कार २०२२’ लगायत अवार्ड पाएको हो ।

नेपाली बजारमा यो कार ५१ किलोवाट आवर र ६४ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध छ । ९९ किलोवाट क्षमताका मोटर जडित कारको पावर १३५ पिएस तथा टर्क २५० एनएम छ भने ग्राउन्ड क्लिरियन्स १६५ एमएम छ । यसका कम्फर्ट भेरियन्टले सिंगल चार्जमा ३५० किलोमिटर र लक्जरी भेरिएन्टले ४५० किलोमिटर रेन्ज दिने दावी गरिएको छ । कारको मूल्य ४१ लाख ४९ हजार र ५० लाख निर्धारण गरिएको छ ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी मोटर्सले २०२२ एमजी जेडएस ईभी फेसलिफ्ट लन्च गर्ने तयारी गर्दैछ । जसमा...

एमजी कोमेटको मूल्यमा वृद्धि, दुई भेरिएन्टको मूल्य अब कति ?

एमजी कोमेटको मूल्यमा वृद्धि, दुई भेरिएन्टको मूल्य अब कति ?

काठमाडौं । नेपाली बजारमा उपलब्ध कम मूल्यको ईभीको रुपमा परिचित एमजी...

एमजी जेडएस ईभीको मूल्यमा भारी कटौती, ४७ लाखमै पाइने

एमजी जेडएस ईभीको मूल्यमा भारी कटौती, ४७ लाखमै पाइने

काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...