एमजी विन्डसरले पायो उत्कृष्ट प्रतिक्रिया, पहिलो दिन नै बम्पर बुकिङ

एमजीको नयाँ इलेक्ट्रिक एसयूभी एमजी विन्डसरले ग्राहकहरुबाट उत्कृष्ट प्रतिक्रिया पाएको छ । कम्पनीले सो एसयूभीको बुकिङ अक्टोबर ३ बाट भारतीय बजारमा सुरु गरेको थियो र पहिलो दिन १५ हजार १७६ युनिट बुकिङ भएको थियो । सो इलेक्ट्रिक एसयूभीको मूल्य ९ लाख ९९ हजार भारुबाट सुरु हुन्छ ।

रिपोर्टका अनुसार एमजी विन्डसरको टेस्ट ड्राइभ अक्टोबर १३ बाट सुरु हुने भएको छ । नयाँ एमजी विन्डसरमा ३८ किलोवाटको लिथियम फस्फेट ब्याट्री प्रयोग गरिएको छ, जसमा प्रिज्म्याटिक सेल प्रयोग गरिन्छ । यो ब्याट्रीले इलेक्ट्रिक मोटरमा ऊर्जा पठाउँछ, जुन अगाडिको एक्सलमा राखिएको हुन्छ । सो मोटरले १३४ बीएचपीको पावर र २०० एनएमको टर्क जेनेरेट गर्छ । सो एसयूभी एक पटक पूर्ण चार्ज भएपछि ३३१ किलोमिटरको रेन्ज प्रदान गर्ने एआरएआईले दाबी गरेको छ । यसमा इको, इको प्लस, नर्मल र स्पोर्ट गरी ४ वटा ड्राइभ मोड दिइएको छ ।

एमजी मोटरले ब्याट्री एज ए सब्सक्रिप्शन कार्यक्रम अन्तर्गत विन्डसर ल्याएको छ, जसका कारण कम्पनी यसको मूल्य कम राख्न सफल भएको छ । सो कार्यक्रम अन्तर्गत ग्राहकले ९ लाख ९९ हजार भारु मुल्यमा सो एसयूभी किन्न सक्नेछ तर यसका साथै यसलाई चलाउन प्रति किलोमिटर ३.५ भारु सदस्यता शुल्क तिर्नुपर्नेछ । यस कार्यक्रम अन्तर्गत कार किन्न रुचाउने ग्राहकले विन्डसर ईभी किन्नको लागि १३ लाख ५० हजार भारु मूल्य तिर्नुपर्नेछ ।

सम्बन्धित समाचारहरू

५०० किलोमिटर रेन्ज दिने एमजी साइबरस्टर लन्च हुने

५०० किलोमिटर रेन्ज दिने एमजी साइबरस्टर लन्च हुने

भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आयोजना हुन लागेको छ। यसमा १०० भन्दा बढी...

सिन्धुलीमा एमजी एस५ ईभीको टेस्ट ड्राइभ

सिन्धुलीमा एमजी एस५ ईभीको टेस्ट ड्राइभ

काठमाडौं – नेपालमा एमजी गाडीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

टोयोटा फर्चुनरसंग प्रतिस्पर्धा गर्न एमजीले ल्यायो नयाँ एसयुभी

टोयोटा फर्चुनरसंग प्रतिस्पर्धा गर्न एमजीले ल्यायो नयाँ एसयुभी

काठमाडौं– एमजीले फुल साइजको एसयूभी मजेस्टर देखाएको छ । कम्पनीले भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...