ई-ड्राइभ नेपालले ५० एमजी विन्डर ईभी प्रयोग गर्ने, १६ ईभी हस्तान्तरण
काठमाडौं – नेपालमा विद्युतीय सवारीसाधनको प्रयोग विस्तार भइरहेका बेला...
भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर अपडेट भएर आउने भएको छ । विन्डसरमा एमजीले ठूलो ब्याट्री प्याक दिएर अपडेट गर्न लागेको हो । मिडिया रिपोर्ट अनुसार अर्को महिनाको सुरुमै यसको नयाँ संस्करण बजारमा उपलब्ध हुनेछ ।
विन्डसरको सो नयाँ संस्करणमा ५०.६ किलोवाट आवर क्षमताको ब्याट्री प्याक उपलब्ध हुने अनुमान गरिएको छ । ब्याट्री साइज बढेपछि यसले दिने रेन्जमा समेत सुधार आई हाल दाबी गरिएको ३३० किलोमिटरबाट बढेर ४६० किलोमिटर पुग्ने बताइएको छ । एमजीले अहिले ३८ किलोवाट आवरको ब्याट्री प्याकमा विन्डसर ईभी उपलब्ध गराउँदै आएको छ ।
ब्याट्री बाहेक यसको सेफ्टि फिचरमा समेत ब्यापक अपडेट गर्ने जेएसडब्लु एमजीले तयारी गरेको छ । नयाँ संस्करण्मा एडिएएस लगायत अन्य आधुनिक सेफ्टि फिचर उपलब्ध हुने अनुमान गरिएको छ भने इन्टेरियरमा समेत अपडेट हुनेछ ।
एमजी विन्डसर नेपाली बजारमा समेत प्रतिक्षा गरिएको ईभी हो । एमजीको नेपालका लागि आधिकारिक वितरक पारमाउन्ट मोटर्सले यस नयाँ ईभीलाई अवको केहिसमयपछि लन्च गर्ने तयारी गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...