सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै एमजी मोटर्स नेपाल
काठमाडौँ – एमजी मोटर्सको नेपालका लागि अधिकृत आयातकर्ता तथा वितरक...
एमजीले गत सेप्टेम्वरमा लन्च गरेको नयाँ ईभी विन्ड्सर थप महंगो भएको छ । एमजी मोटर इन्डियाले विन्डसरको मूल्य ५० हजार भारु बृद्धि गरेको हो ।
नेपाल आउने प्रतिक्षामा रहेको यस ईभीको शुरुवाती मुल्य अव भारतमा १३ लाख ९९ हजार पर्ने जनाइएको छ । नेपाल नआउँदै मुल्य बढेका कारण विन्डसर अव बृद्धि भएको नयाँ मुल्यमा आउनेछ ।
कम्पनीले पहिलो १० हजार युनिटका लागी विशेष मुल्य र निशुल्क चार्जिङ सुबिधा दिने बताएको थियो । अव यी दुबै सुबिधा अन्त भएको कम्पनी भनाई छ ।
विन्डसर ईभी एक्साइट, एक्सक्लुसिभ र एसेन्स भेरियन्टमा उपलब्ध छ । जसको नयाँ मुल्य क्रमशः १३ लाख ९९ हजार, १४ लाख ९९ हजार र १५ लाख ९९ हजार पर्ने जनाइएको छ ।
सो नयाँ ईभीमा ३८ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिएको छ भने यसले सिंगल चार्जमा ३३२ किलोमिटर रेन्ज दिने दाबी गरिएको छ । १०० किलोवाट क्षमताको मोटर जडान गरिएको कारले १३४ बीएचपी र २०० एनएम टर्क जनेरेट गर्दछ ।
कारमा इको प्लस, इको, नर्मल र स्पोर्ट गरी कुल चारवटा ड्राइभिङ मोड दिइएको छ । डिसी फास्ट चार्जरको साहयताले यसलाई ४० मिनेटमै फुल चार्ज गर्न सकिन्छ ।
काठमाडौँ – एमजी मोटर्सको नेपालका लागि अधिकृत आयातकर्ता तथा वितरक...
आयात प्रतिवन्धका कारण नेपाल आउन रोकिएको एमजी एस्टर अव छिट्टै आउने भएको छ ।...
एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले एमजी जेडएक्स...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...