४३० किमी रेन्ज दिने एमजीको प्रिमियम पिकअप नेपाल आउँदै, नाइमा एक्सपोमा सार्बजनिक हुने
काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...
काठमाडौं–चीनमा प्रि–सेल्स सुरु भएको २० घण्टाभित्रै २१ हजार भन्दा बढी बुकिङ प्राप्त गरेपछि एमजीले आफ्नो इलेक्ट्रिक लिफ्टब्याक मोडल एमजी०७ लाई फोर–डोर कुपे सेगमेन्टमा चीनको सर्वाधिक बिक्री हुने मोडल बनाउने लक्ष्य राखेको छ ।
जुलाई २९ मा प्रि–सेल्स सुरु भएको यस गाडीको आधिकारिक लन्च अगस्ट २०२६ मा हुँदैछ । बुकिङको प्रारम्भिक सफलतापछि अहिले कम्पनीको मुख्य प्राथमिकता बुकिङको संख्या ट्रयाक गर्नुभन्दा अगस्टको लन्चअघि उत्पादन क्षमता विस्तार गर्नु रहेको छ ।
साओमी एसयू७ र एक्सपेङ मोना ०३ जस्ता प्रतिस्पर्धीसँग भिड्ने तयारीमा रहेको एमजी ०७ ले एमजी४ को तुलनामा निकै तीव्र गतिमा बुकिङ प्राप्त गरेको छ ।
एमजी ०७ मा ४ हजार ८८६ मिमी लम्बाइ र २ हजार ८२५ मिमी ह्विलबेस भएको ५ डोर लिफ्टब्याक बडी शैली दिइएको छ । यसमा मोटर, इन्भर्टर र गियरबक्सलाई एउटै एकाइमा समेट्ने ‘१८–इन–१’ एकीकृत इलेक्ट्रिक ड्राइभ प्रणाली र अगाडिको सडक स्क्यान गरी सस्पेन्सन स्वतः समायोजन गर्ने एआई रोड प्रिभ्यू’ सहितका एमसीडीसी इलेक्ट्रोम्याग्नेटिक ड्याम्पिङ प्रणाली प्रयोग गरिएको छ ।
गाडीको क्याबिनभित्र क्वालकम स्न्यापड्रयागन ८२९५पी प्रोसेसर, १५.६ इन्चको मुख्य डिस्प्ले, १६८ लिटरको अगाडिको फ्रन्ट ट्रंक, ६९७ लिटरको पछाडिको कार्गो स्पेस र ३० लिटरको फ्रिज जस्ता सुविधाहरू उपलब्ध गराइएको छ ।
पावरट्रेनको कुरा गर्दा एमजी ०७ दुईवटा रियर–ह्विल ड्राइभ भेरियन्टमा उपलब्ध छ । यसको ४०० भोल्ट भेरियन्टमा १७६ किलोवाट (२३९ हर्सपावर) को इलेक्ट्रिक मोटर र ६७ किलोवाट आवर क्षमताको सेमी–सलिड–स्टेट ब्याट्री जडान गरिएको छ, जसले ६१० देखि ६५० किलोमिटरसम्मको सीएलटीसी रेन्ज दिने दाबी गरिएको छ ।
त्यसैगरी, उच्च पर्फर्मेन्सयुक्त ८०० भोल्ट (भेरियन्टमा २३५ किलोवाट (३२० हर्सपावर) को रियर मोटर, सिएटीएलको टर्नरी लिथियम ब्याट्री र ५सी फास्ट चार्जिङ क्षमता छ, जसले अधिकतम ८४५ किलोमिटरसम्मको सीएलटीसी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...