एमजीका विभिन्न मोडलको इन्जिनियरिङ आधार वुलिङ, विभिन्न ब्रान्डमा प्रयोग हुँदै
विश्व अटोमोबाइल उद्योगमा एउटै प्लेटफर्म, इन्जिनियरिङ प्रविधि र उत्पादन...
काठमाडौं– एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले प्रिमियम लाइफस्टाइल पिकअप ट्रक एमजी ‘यू९’ नेपाल ल्याउने भएको छ । नयाँ पिकअपलाई कम्पनीले आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा सार्बजनिक गर्ने तयारी गरेको हो ।
प्रिमियम ईभी सेग्मेन्टलाई थप मजबुत बनाउने उद्देश्यले ल्याउन लागिएको यस पिकअपमा १०२.२ किलोवाट आवरको एलएफपी ब्याट्री जडान गरिएको छ । ३२५ किलोवाटको डुअल–मोटर रहेको यस गाडीले एक पटकको पूर्ण चार्जमा डब्लुएलटीपी मानक अनुसार ४३० किलोमिटरसम्मको रेन्ज दिन्छ । डिसि फास्ट चार्जिङ प्रविधिमार्फत यसको ब्याट्रीलाई १० मिनेटमै १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ भने यसको अधिकतम गति १८० किलोमिटर प्रतिघण्टा रहेको छ ।
इन्टेरियर र डिजाइनका हिसाबले अत्यन्तै विलासी मानिएको यो डबल क्याब पिकअप ५५०० एमएम लामो, १९९७ एमएम चौडा र १८६० एमएम अग्लो छ । ३३०० एमएम ह्वीलबेस, २२० एमएम ग्राउण्ड क्लियरेन्स र २० इन्चको ह्वील रहेको एमजी यू–९ को पेलोड क्षमता ११०० केजी र लोडिङ÷टोइङ क्षमता ३५०० केजीसम्म छ ।
गाडीको भित्री भागमा १२.३ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, ८ वटा स्पिकरयुक्त जेबीएल अडियो सिस्टम र ६४ कलरको एम्बियन्ट लाइटिङ दिइएको छ । यसको फ्ल्यागशिप भेरियन्टमा चालकका लागि ८–वे इलेक्ट्रोनिक एडजस्टमेन्ट, भेन्टिलेसन, मसाज र मेमोरी फङ्सन जस्ता सुविधा समावेश छन् ।
सुरक्षाका लागि यसमा ३६० डिग्री एचडी क्यामेरा, एडाप्टिभ क्रुज कन्ट्रोल, अटोनोमस इमर्जेन्सी ब्रेकिङ र लेन किप असिस्ट जस्ता अत्याधुनिक एडभान्स ड्राइभर असिस्ट सिस्टम फिचरहरू रहेका छन् । साथै, यसमा रहेको भेइकल–टु–लोड प्रविधिमार्फत गाडीको ब्याट्रीबाटै अन्य विद्युतीय उपकरणहरूसमेत सञ्चालन गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...