एमजी कार किन्दा ३ लाख रुपैयाँसम्म बचत, अन्य सुविधासहित आयो चाडपर्ब अफर
काठमाडौं —एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्स...
एमजीले आफ्नो फ्ल्यागशिप मोडल साइबरस्टर पछि साइवर सिरिजमा अर्को नयाँ मोडल ल्याउने तयारी गरेको छ । चीनमा हालै सम्पन्न सांघाई अटो शोमा एमजीले साइबर एक्सको कन्सेप्ट सार्बजनिक गरेर यसबारे जानकारी दिएको थियो । साइबर एक्स अर्को वर्ष लन्च हुने अनुमान गरिएको छ ।
साइबर एक्सलाई एमजीले म्याक कलर एक्सटेरियरका साथ बक्सी बडी डिजाइनमा तयार पार्न लागेको हो । कारमा प्रमुख विशेषताका रुपमा पप–अप हेडलाइट रहने जनाइएको छ्, जुन प्रयोगमा हुँदा देखा पर्छ भने बन्द हुँदा बडीमा फर्कन्छ ।
साइबर एक्सको डिजाइन यसअघि फक्सवागन, बिएमडब्लु र रोल्स रोयसजस्ता विश्व प्रख्यात ब्रान्डका कारको डिजाइन गरिसकेका अनुभवी डिजाइनर जोजेफ काबानले गरेका हुन् ।
कन्सेप्टमा देखाइए अनुसार, एमजी साइबर एक्समा ब्ल्याक ए र बी पिलरहरू छन्, जसले गर्दा छेउबाट हेर्दा यसलाई तैरिरहेको छानाको प्रभाव दिन्छ । ककपिट र कनेक्टिभिटी स्मार्टफोन निर्माता ओप्पोसँग मिलेर विकास गरिएको छ ।
कम्पनीले साइबर एक्सको लागि टेक्निकल स्पेसिफिकेसन र मूल्यबारे कुनै जानकारी वाहिर ल्याएकोे छैन । साइबर एक्ससहित एमजीले अवको दुई वर्षमा आठ नयाँ ईभी मोडल लन्च गर्ने योजना बनाएको छ, जसमा ठूलो आकारको एसयूभी, सेडान र स्पोर्ट्स कारहरू समावेश छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...