सस्तो र सुलभ स्पेयर पार्ट्स उपलब्ध गराउँदै एमजी मोटर्स नेपाल

काठमाडौँ – एमजी मोटर्सको नेपालका लागि अधिकृत आयातकर्ता तथा वितरक पारामाउन्ट मोटर्स प्रालिले आफ्ना ग्राहकहरूको लागि उत्कृष्ट आफ्टर सेल्स अर्थात बिक्री पछिको सेवा प्रदान गर्ने प्रतिबद्धता पुनः दोहो-याएको छ ।

यसरी कम्पनीले १०० भन्दा बढी स्पेयर पार्ट्सहरूको मूल्य औसत ३० प्रतिशतले घटाएर एमजीका सबै ग्राहकहरूलाई सस्तो र सहज सेवा उपलब्ध गराउने घोषणा गरेको छ।

विश्वास र गुणस्तरमा आधारित ब्रान्डको रूपमा एमजी मोटर्सले आफ्ना ग्राहकहरूको बढ्दो अपेक्षा – सहज र किफायती स्वामित्व अनुभव – पूरा गर्ने प्रयास गर्दै आएको बताएको छ। यसै उद्देश्यका साथ पारामाउन्ट मोटर्सले आफ्नो लजिस्टिक्स प्रक्रिया पुनरावलोकन गरी एमजीको आपूर्ति श्रृंखलासँग समन्वय गरेर खर्च घटाएको र यसको फाइदा सीधा ग्राहकहरूलाई पु-याएको बताएको छ ।

एमजी मोटर्स नेपालले सेवा पहुँचलाई राष्ट्रव्यापी बनाउन निरन्तर लगानी गर्दै आएको छ। काठमाडौँ उपत्यकामा ३ वटा पूर्ण–सुविधायुक्त सर्भिस सेन्टर र देशभर फैलिएको डिलरशिप नेटवर्कमा १२ भन्दा बढी अतिरिक्त सर्भिस सेन्टरको साथ कम्पनीले ग्राहकहरूलाई अद्वितीय सहजता र सहयोग प्रदान गर्दै आएको बताएको छ।

एमजी मोटर्सको भनाइ अनुसार कम्पनीले ग्राहकहरूको विश्वासले नै आफ्नो निर्णयहरूलाई मार्गदर्शन गर्छ । कम्पनीले स्पेयर पाट्र्सको मूल्य घटाउनु र सेवा पहुँच विस्तार गर्नु केवल ग्राहकहरूको अपेक्षा पूरा गर्ने मात्र होइन, तर यसलाई अझै बढाउने प्रयास हो। यो केवल सुरुवात भएको र अझै थप लागत घटाएर स्पेयर पाट्र्सको मूल्यमा संशोधन गर्न निरन्तर प्रयासरत भएको समेत कम्पनीले जानकारी दिएको छ ।

एमजी मोटर्स नेपालले अत्याधुनिक प्रविधि र विश्वसनीयतालाई संयोजन गर्दै ग्राहकहरूको हरेक यात्रालाई सहज सेवा र उत्कृष्ट मूल्य प्रदान गर्न प्रतिबद्ध भएको बताएको छ।

सम्बन्धित समाचारहरू

लगातार ४ महिनासम्म ३ हजार भन्दा बढी युनिट बिक्री भयो एमजी विन्डसर

लगातार ४ महिनासम्म ३ हजार भन्दा बढी युनिट बिक्री भयो एमजी विन्डसर

एमजीले हालै भारतमा एमजी विन्डसर इलेक्ट्रिक कार लन्च गरेको थियो । सो कारले...

म्याक्ससका डबल क्याब पिकअप नेपालमा, यस्तो छ मूल्य र फिचर

म्याक्ससका डबल क्याब पिकअप नेपालमा, यस्तो छ मूल्य र फिचर

पारामाउन्ट मोटर्सले नेपाली बजारमा म्याक्सस ब्रान्डका दुई मोडलका पिकअप...

टर्बो पेट्रोल इन्जिनयुक्त एमजी हेक्टरको खुल्यो बुकिङ, नोभेम्बरमा डेलिभरी गरिने

टर्बो पेट्रोल इन्जिनयुक्त एमजी हेक्टरको खुल्यो बुकिङ, नोभेम्बरमा डेलिभरी गरिने

काठमाडौं – नेपाली बजारमा एमजी हेक्टर गाडी उपलब्ध हुने भएको छ । नेपालका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...