चैत १२ देखि १४ सम्म देशभर एमएडब्लु वृद्धिको मेगा एक्सचेन्ज
काठमाडौं – एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्डहरु दिपल, अवतार,...
काठमाडौं – नेपाली बजारमा उपलब्ध हुने एमजी एस५ को मूल्य सार्वजनिक भएको छ । भन्सार प्रयोजनका लागि कम्पनीले सार्वजनिक गरेको मूल्य सूची अनुसार यसको सबैभन्दा कम मूल्यको कम्फर्ट भेरिएन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ हुनेछ । यसमा ४९ किलोवाट आवर क्षमताको ब्याट्री प्याक रहेको छ । यही प्याक रहेको लक्जरी भेरिएन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ हुनेछ ।
त्यसैगरी ६२ किलोवाट आवर क्षमताको लक्जरी भेरिएन्टको मूल्य ५७ लाख ९९ हजार रुपैयाँ हुनेछ ।
नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो मूल्य सूची सार्वजनिक गरेको हो । यद्यपि लन्चिङ समयमा यो मूल्यमा केही फेरबदल पनि हुन सक्छ ।
एमजी एस५ हालै नेपाल चीन सीमानामा देखिएको थियो र नेपाल भित्रिसकेको छ । केही दिनमै यसको औपचारिक लन्चिङ हुनेछ ।
यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।
एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ ।
यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।
सो एसयूभीमा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।
काठमाडौं – एमएडब्लु वृद्धिले आफ्नो लोकप्रिय ईभी ब्रान्डहरु दिपल, अवतार,...
काठमाडौं–एथरको वहुप्रतिक्षित विद्युतीय स्कुटर रिज्टा नेपाली बजारमा...
चीनमा सन् २०२१ मा बिद्युतीय कारको बिक्री १४५ प्रतिशतले वृद्धि हुँदा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...