बुटवल र भैरहवामा एमजी एस५ को बिक्री सुरु

काठमाडौं– एमजीको नयाँ विद्युतीय एसयूभी एमजी एस५ बुटवल र भैरहवामा सार्वजनिक भएको हो । बुटवलका लागि आधिकारिक विक्रेता वरुण मोटर्स र भैरहवामा थ्री एचएल कम्पनीमार्फत एमजी एस५ सार्वजनिक गरिएको हो ।

एमजी एस५ सार्वजनिक भएसँगै यी क्षेत्रमा टेस्ट ड्राइभ तथा बुकिङ खुला गरिएको कम्पनीले जनाएको छ । निकै नै प्रतिस्पर्धात्मक मूल्यमा आएको एस५ ले वुटवल र भैरहवा क्षेत्रका ईभी प्रेमीलाई सजिलै आकर्षित गर्ने विश्वास लिइएको छ ।

एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नयाँ ईभी एस५ लाई हालै सार्वजनिक गरेको थियो । कम्पनीले केहि दिनयता एस५ को डेलिभरी समेत दिन थालिसकेको छ ।

तीन भेरिएन्टमा उपलब्ध एमजी एस५ को मूल्य ४३ लाख ९९ हजार, ४९ लाख ९९ हजार र ५४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

स्केलेबल मोडुलर प्लेटफर्ममा बनेको एमजी एस५ मा रियर ह्विल ड्राइभ र इन्डिपेन्डेन्ट सस्पेन्सन लगायतका विभिन्न फिचर छन् । यी सबैका कारण ह्यान्डलिङ, स्टेबिलिटी र कम्फर्टमा सहजता थपिएको छ । स्मुद र डाइनामिक राइडका लागि यो सेगमेन्टमै पहिलो पटक सस्पेन्सन सेटअप विकास गरिएको छ ।

यसमा विश्वकै सबैभन्दा पातलो अल्ट्रा थिन ब्याट्री प्रयोग गरिएको छ । इन्ट्री लेभल मोडलमा ४९.१ किलोवाट आवरको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ, जसले सिंगल चार्जमा ३४० किलोमिटर डब्लुएलटीपी रेन्ज दिन्छ । त्यसैगरी अर्को भेरिएन्टमा ६२.२ किलोवाट आवरको ब्याट्री छ, जसले सिंगल चार्जमा ४३० किलोमिटरको रेन्ज दिन्छ ।

एमजी एस५ ईभीले ७.१ सेकेन्डमा १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको टप स्पिड १७५ किलोमिटर प्रतिघण्टा छ । यो गाडीमा इनबिल्ट आईस्मार्ट सिस्टम छ, जसले टिकटक, च्याटजीपीटी, स्पोटीफाई र युट्युब लगायतका प्रसिद्ध एपलाई एकीकृत गरी ड्राइभिङ अनुभवलाई अझै राम्रो बनाउछ ।

एस५ मा १२.८ इन्चको इन्फोटेनमेन्ट टचस्क्रिन, १०.२५ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र माथिल्लो भेरिएन्टमा प्यानोरामिक सनरुफ लगायतका विशेषता छन् । यसमा ९९ किलोवाटको मोटर छ ।

सम्बन्धित समाचारहरू

एमजी जेडएस ईभीको मूल्य अब ५० लाख ९९ हजार, पहिले भन्दा ९ लाख रुपैयाँ कम

एमजी जेडएस ईभीको मूल्य अब ५० लाख ९९ हजार, पहिले भन्दा ९ लाख रुपैयाँ कम

काठमाडौं – नेपाली बजारमा एमजी ब्रान्डका गाडी बिक्री–वितरण गरिरहेको...

एमजी जेडएस ईभीको लोकप्रियता : भारतमा १० हजार युनिट बिक्री, नेपालमा २ महिनामै ५ सय बुकिङ

एमजी जेडएस ईभीको लोकप्रियता : भारतमा १० हजार युनिट बिक्री, नेपालमा २ महिनामै ५ सय बुकिङ

एमजी जेडएस ईभी भारतका साथै नेपाली बजारमा समेत चर्चित छ । भारतमा सन् २०२०...

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी जेडएस ईभीको अर्को भर्सन आउदै, टाटा नेक्सन ईभीसँग प्रतिस्पर्धा गर्ने

एमजी मोटर्सले २०२२ एमजी जेडएस ईभी फेसलिफ्ट लन्च गर्ने तयारी गर्दैछ । जसमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...