के हो ईभी खरिदकर्ताको ध्यान खिचिरहेको रियर ह्विल ड्राइभ प्रविधि ?  के छन् विशेषता ?

नेपालमा विद्युतीय सवारी साधन (ईभी) को लोकप्रियतासँगै उपभोक्ताको रोजाइ र आवश्यकतामा परिवर्तन आउन थालेको छ ।  पछिल्लो समय ईभी गाडीका खरिदकर्ताहरूले 'रेन्ज' र 'चार्जिङ' बाहेक अन्य कुरामा पनि ध्यान दिन थालेका छन् । यस्तो  अवस्थामा  हाल नेपाली  गाडी खरिदकर्ताहरु  रियर ह्विल ड्राइभ (आरडब्लुडी) प्रविधि जडित  विद्युतीय साधन प्रति आकर्षित भएको देखिन्छ । 

आरडब्लुडी प्रविधि जडित ईभी साधनमा उत्कृष्ट कम्फर्ट , ट्रयाक्सन  र सन्तुलन  हुने र  नेपालको जस्तो विविधताले भरिएको  बाटोहरुमा आरामदायी र आत्मविश्वासका साथ ड्राइभिङ अनुभव प्रदान गर्ने हुँदा , यस प्रविधि जडित ईभीहरुमा खरिदकर्ताको आकर्षण बढ्दै गएको हो । 

के हो रियर ह्विल ड्राइभ ?

रियर ह्विल ड्राइभ प्रविधि उत्कृष्ट ह्याण्डलिङ र सन्तुलनका कार विश्व प्रख्यात प्रविधि हो । साधारणतया यो प्रणाली विलासी र महँगा स्पोर्ट्स कारहरूमा मात्र प्रयोग गरिएका हुन्छन्  भन्ने बुझाइ रहे तापनि  हाल एमजीका गाडीहरु मार्फत यो प्रिमियम सुविधा नेपाली ईभी ग्राहकहरुको लागि पारामाउण्ट मोटर्सले  आफ्नो चर्चित  मोडलहरु एमजी एस ५, एमजी ४, एमजी कोमेट र एमजी आईएम ६ मार्फत सर्वसुलभ बनाएको छ ।

यस प्रविधिमा मोटरको सम्पूर्ण शक्ति गाडीको पछिल्लो पाङ्ग्रामा केन्द्रित हुन्छ । जसका कारण अगाडिका पाङ्ग्राहरूले गाडीलाई मोड्ने  काम मात्र गर्छन् भने पछिल्ला पाङ्ग्राहरूले गाडीलाई अगाडि धकेल्ने  काम गर्छन् । यो प्रविधि जडित गाडी चल्दा, गाडीको  तौल पछाडि सर्छ र  पछिल्ला टायरहरूमा सार्छ र  सडकमा राम्रो पकड  पाउँछन् यसले गाडी  नचिप्लिने र  गाडीले  घुमाउरो  मोडहरुमा पनि राम्रो  नियन्त्रण बनाउँछ । 

आरडब्लुडी प्रविधि नेपालका लागि उपयुक्त छ ?

नेपालको भौगोलिक विविधताको कारण यहाँका बाटोहरुमा थुप्रै विविधता रहेको छ । नेपालका सडकहरूमा ठाडा उकाला, ओराला र थुप्रै घुम्तीहरू  छन् । त्यस्तोमा आरडब्लुडी प्रविधि जडित ईभीहरु  नियन्त्रण , सन्तुलन र "कम्फर्ट्" को हिसाबले सबै भन्दा बढी प्रभावकारी रहने एमजी र आईएम मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले जनाएको छ ।

आरडब्लुडी प्रविधि जडित ईभीको खरिद गर्ने योजनामा रहेका ग्राहकहरुको लागि पारामाउन्ट मोटर्सको ‘इलेक्ट्रिफाइङ न्यु इयर २०२६’  योजना मार्फत लाभ लिन सक्ने समेत वितरक कम्पनीले जानकारी गराएको छ ।  डिसेम्बर २५ देखि सुरु  भएको यो योजना अन्तर्गत सवारी साधनहरूको खरिदमा ग्राहकले अधिकतम ४ लाख रुपैयाँ सम्मको नगद लाभ प्राप्त गर्ने सक्नेछन् । साथै उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनेन्सिङ सुविधा, निर्वाध एसेसरिज तथा तत्काल डेलीभरीको व्यवस्था पनि गर्ने गरिएको छ ।

एक्सचेन्ज अफरमा ग्राहकले पुरानो सवारी साधन साट्दा चार लाख रुपैयाँसम्मको फाइदा,  उत्कृष्ट मूल्यांकन, एक्सचेन्ज बोनस, सहज फाइनान्स सुविधा, निशुल्क एसेसरिज तथा तत्काल डेलिभरी जस्ता सुविधाको लाभ उठाउन सक्ने छन्, । यो योजना देशभरका  एमजी शोरूमहरूमा उपलब्ध छ । 

सम्बन्धित समाचारहरू

फेरि नेपाल आउने भयो चाइनिज ब्रान्ड चेरी, सारदा ग्रुप बन्यो आधिकारिक वितरक

फेरि नेपाल आउने भयो चाइनिज ब्रान्ड चेरी, सारदा ग्रुप बन्यो आधिकारिक वितरक

काठमाडौं – कुनै समयमा नेपाली बजारमा भित्रिएर बन्द भएको चाइनिज ब्रान्ड...

ठूलो ब्याट्री प्याकसहित अपडेट भएर आउँदै एमजी विन्डसर

ठूलो ब्याट्री प्याकसहित अपडेट भएर आउँदै एमजी विन्डसर

भारतिय बजारमा निकै राम्रो चर्चा पाइरहेको एमजीको विद्युतिय कार विन्डसर...

सातदोबाटोमा एमजीकाे नयाँ सुविधा सम्पन्न शोरुम

सातदोबाटोमा एमजीकाे नयाँ सुविधा सम्पन्न शोरुम

काठमाडौं – एमजीले नेपालमा आफ्नो उपस्थिति थप बलियो बनाउँदै सातदोबाटो,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...