स्टिल उत्पादक जेएसडब्ल्यु समूहले अब कार पनि बनाउने, एमजीसँग ३५ प्रतिशत साझेदारी

भारतको अग्रणी स्टिल उत्पादक जेएसडब्ल्यु समूहले अब इलेक्ट्रिक सवारी साधनमा पनि हात हालेको छ । यसको लागि कम्पनीले चिनियाँ अटोमोबाइल समूह एसआईएसीको स्वामित्वमा रहेको कार निर्माता एमजी मोटरसँग साझेदारी गरेको छ ।

रिपोर्टका अनुसार जेएसडब्ल्यु समूहले एमजी मोटरसँग ३५ प्रतिशतको हिस्सेदारीमा साझेदारी गरेको छ । सो लगानी अन्तर्गत हरेक ३ देखि ६ महिनामा इलेक्ट्रिक सवारी साधन बजारमा ल्याउने योजना बनाएको छ । यो संयुक्त कम्पनीको नाम जेएसडब्ल्यु एमजी मोटर इन्डिया प्राइभेट लिमिटेड राखिएको छ ।

सो कम्पनीले इलेक्ट्रिक सवारी साधनको बढ्दो माग पूरा गर्न वार्षिक १ लाखबाट ३ लाख युनिट बनाउने योजना बनाएको छ । सो कम्पनीले संयुक्त लगानीमा पहिलो इलेक्ट्रिक कार साइबरस्टर पनि सार्वजनिक गरेको छ । यो वर्ष सेप्टेम्बरसम्ममा कम्पनीले पहिलो इलेक्ट्रिक कार लन्च गर्ने योजना बनाएको छ ।

जेएसडब्ल्यु समूहका एक अधिकारीले संयुक्त कम्पनीले सन् २०३० सम्ममा भारतमा १० लाख प्रिमियम इलेक्ट्रिक सवारी साधन बेच्ने लक्ष्य राखेको बताए । हाल एमजीले कोमेट र जेडएस ईभी बजारमा ल्याएको छ ।

एमजीका उत्पादन नेपाली बजारमा पनि उपलब्ध छन् । भविष्यमा साझेदार कम्पनीका सवारी साधन पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

एमजीले ल्यायो आफ्नो छुट्टै चार्जिङ एप, यस्ता छन् विशेषता

एमजीले ल्यायो आफ्नो छुट्टै चार्जिङ एप, यस्ता छन् विशेषता

काठमाडौं– एमजि गाडीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

भारतमा चर्चित बनेको एमजी विन्डसर ईभी अब नेपालमा, यस्तो छ मूल्य र फिचर

भारतमा चर्चित बनेको एमजी विन्डसर ईभी अब नेपालमा, यस्तो छ मूल्य र फिचर

काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात एमजीको नयाँ ईभी विन्डसर नेपाली...

अब एमजी जेडएस ईभीको थप २ स्थानमा चार्जिङ स्टेसन

अब एमजी जेडएस ईभीको थप २ स्थानमा चार्जिङ स्टेसन

काठमाडौं – एमजी मोटर्सको नेपालका लागि आधिकारिक बितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...