भित्रियो नेपालकै पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभी, यस्तो छ विशेषता

काठमाडौं – एमजी ईभीको नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपालको पहिलो इन्टेलिजेन्ट प्रिमियम इलेक्ट्रिक अर्बन एसयूभीको रुपमा एमजी आईएम६ सार्वजनिक गरेको छ ।

एक विशेष कार्यक्रममा सार्वजनिक गरिएको एमजी आईएम६ ले एआई इन्टेलिजेन्स (एआई) संचालित ईभीको नयाँ युगको संकेत गरेको कम्पनीको भनाइ छ । अत्याधुनिक डिजाइन, बौद्धिक सुविधाहरू र नयाँ प्रविधिले भरिएको ड्राइभिङ अनुभवका साथ, आईएम६ ले नेपालको ईभी बजारमा नयाँ मापदण्ड स्थापित गरेको बताइएको छ ।

एमजी आईएम६ अब देशभरका एमजीका आधिकारिक डिलरशिपहरूमा टेस्ट ड्राइभ र बुकिङका लागि उपलब्ध छ। लक्जरी, नवप्रवर्तन र लामो रेन्जको क्षमताको समिश्रणका साथ, आईएम६ एमजीको इन्टेलिजेन्ट इलेक्ट्रिक मोबिलिटीको प्रतीकका रूपमा उभिएको छ ।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सुनिलबहादुर क्षेत्रीले भने, ‘हामी नेपालमा एमजी आईएम ६ सार्वजनिक गर्न पाउँदा गर्व महसुस गरिरहेका छौं । यो गाडीले एसएआईसीको ‘इन्टेलिजेन्स इन मोसन’ को विश्व दृष्टिकोणलाई प्रतिनिधित्व गर्छ। उत्कृष्ट रेन्ज, एआई असिस्टेड र लक्जरी क्याबिन अनुभवसहित, यो केवल ईभी मात्र नभई नेपालका लागि स्मार्ट ड्राइभिङको भविष्य हो ।’

एमजी आईएम६ मा आईएम डिजिटल च्यासिस रहेको छ । यो उद्योगकै अग्रणी कम्पोनेन्टहरूद्वारा निर्मित छ । यसको भीएमसी अर्थात भेइकल मोसन कन्ट्रोल प्रणालीले सवारीलाई समयानुकूल बनाउँछ।

त्यसैगरी यसमा फ्युचरिस्टिक एआई क्याबिन रहेको छ । उच्च स्तरीय हार्डवेयर, रेनी नाइट मोड र वान–टच आईएडी जस्ता बुद्धिमान सुविधाहरूले सुसज्जित, यो क्याबिन स्मार्ट, थप सहज ड्राइभको लागि परिवर्तनशील अवस्थाहरूमा निर्बाध रूपमा चलाउन अनुकूल छ ।

यसमा भएको एड्भान्स्ड इलेक्ट्रिफिकेसन अर्को विशेषता हो । ४०० भोल्ट प्लेटफर्ममा आधारित आईएम ६ ले उच्च प्रदर्शन, उच्च–स्तरीय हार्डवेयर र रेनी नाइट मोड र वान टच क्ष्ब्म् जस्ता इन्टेलिजेन्ट विशेषताहरुले सुरक्षित यात्रा सुनिश्चित गर्छ ।

सबमरिनबाट प्रेरित संरचना, उच्च शक्ति सामग्री र बौद्धिक सुरक्षात्मक प्रणालीहरू प्रयोग गरी यात्रुहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखिएको छ ।

यसमा भएको ७५ किलोवाट आवरको एलएफपी ब्याट्री रहेको छ, जसले सिंगल चार्जमा एनईडीसी अनुसार ५०५ किलोमिटर र डब्लुएलटीपी अनुसार ४५० किलोमिटर रेन्ज दिन्छ ।

यो गाडीको उच्चतम गति २०० किलोमिटर प्रतिघण्टा छ । यसमा १०९ किलोवाटको हेरिकेन मोटर रहेको छ । यसको टर्क ४५० एनएम छ ।

यसमा पिरेली न्यु स्कोर्पियो टायर सहितको २० इन्च एयरोडाइनामिक ह्विल्सका साथै अल्ट्रा–सफ्ट सिन्थेटिक लेदर सिट, भेन्टिलेटेड वायरलेस चार्जिङ प्याड, नी नाइट मोड लगायतका फिचर रहेका छन् ।

यसमा भएको रेनी नाइट मोडले ए–पिलर र पछाडिको भाग वरिपरि ब्लाइन्ड स्पटहरू देखाउन बाह्य क्यामेराहरू प्रयोग गरेर भिजिबिलिटी बढाउँछ।

आईएम६ मा एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन चेन्ज असिस्ट, ब्लाइन्ड स्पट डिटेक्सन, फर्वार्ड कोलिजÞन वार्निङ, लेन डिपार्चर वार्निङ र अन्य बौद्धिक सुरक्षा प्रणालीहरू रहेका छन् । यी प्रणालीहरूले वातावरणमैत्री प्रविधिका साथ सुरक्षित, थप आत्मविश्वासी ड्राइभ सुनिश्चित गर्ने बताइएको छ ।

यसमा भएको आईस्मार्ट एपको साथ स्मार्ट कन्ट्रोल गर्न सकिन्छ । गाडी बाहिरबाटै सो एपले जुनसुकै बेला, जहाँसुकै पनि आफ्नो आईएम६ सँग कनेक्टेड राक्छ । गर्मी मौसममा क्याबिनलाई प्रि–कुलिङ गर्नेदेखि जाडोमा सिट तताउनेसम्म, ब्याट्रीको स्तर जाँच गर्नेदेखि भीडभाड भएको ठाउँमा कार पत्ता लगाउनेसम्म सबै यही एपबाट गर्न सकिन्छ ।

यो गाडीको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

इतिहासमा आज : जब एउटा गाडी ऊर्जा मन्त्रालयको प्राङ्गणमा प्रवेश ग-यो

इतिहासमा आज : जब एउटा गाडी ऊर्जा मन्त्रालयको प्राङ्गणमा प्रवेश ग-यो

बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक...

एइटो एम९ को बर्थ प्लेस : ७ लाख उत्पादन क्षमता र ३ हजार बढी रोबोटले काम गर्ने सेरेस सुपर फ्याक्ट्री

एइटो एम९ को बर्थ प्लेस : ७ लाख उत्पादन क्षमता र ३ हजार बढी रोबोटले काम गर्ने सेरेस सुपर फ्याक्ट्री

गत फेब्रुअरी ५ मा प्रसिद्ध इलेक्ट्रिक कार निर्माता कम्पनी सेरेसले सुपर...

सवारी साधन पार्ट्स र अन्य व्यवसायीका लागि काठमाडौं महानगरले तोक्यो यस्तो दर

सवारी साधन पार्ट्स र अन्य व्यवसायीका लागि काठमाडौं महानगरले तोक्यो यस्तो दर

काठमाडौं – काठमाडौं महानगरपालिकाका विभिन्न स्थानमा सवारी साधन सम्बन्धी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...