सुन्दर यातायातले ल्यायो अर्को इलेक्ट्रिक स्कुटर, कुलमानले गरे सार्वजनिक
काठमाडौं – सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो...
बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठले आज विहानै सामाजिक सञ्जाल फेसबुकमा एक पोस्ट राख्दै भनेकी छिन् – आजकै दिन ७ वर्षअघि ऊर्जा मन्त्रालयमा दिएको हाम्रो सानो योगदान सम्झँदा हृदय अझै उतिकै उत्साहित हुन्छ। त्यो पल, जब एउटा गाडी ऊर्जा मन्त्रालयको प्राङ्गणमा प्रवेश ग-यो, हाम्रो लागि साधारण उपलब्धि मात्र थिएन। त्यो दिन हामीले अनुभूत गरेको खुसी, गर्व र उमङ्ग आज पनि उस्तै ताजा छ। वास्तवमै, त्यो पलले हामीलाई मानौँ कुनै ठूलो युद्ध जितेजस्तो आत्मसन्तुष्टि र विजयको अनुभूति दिएको थियो। यसका साथमा उनले सो गाडीको तस्बिर समेत सेयर गरेकी छिन् ।
हुन पनि बीवाईडीले हाल विश्व बजारमा समेत चर्चा कमाइरहेको समयमा नेपालमा समेत राम्रो चर्चा बटुलिरहेको छ । विद्युतीय सवारी अर्थात ईभीको बजार सबैतिर राम्रो भएको समयमा नेपालमा समेत बढ्दै छ । यो बजार विस्तारमा अन्य ब्रान्डका अलावा बीवाईडीको विशेष योगदान छ ।
तर बीवाईडी एकै पटक यसरी नेपाली बजारमा उदाएको होइन । साइमेक्स इंकले पनि यसका लागि धेरै नै कठिन संघर्षको सामना गरेको छ । साइमेक्स इंकले पहिले इन्भर्टर र सोलार ब्याट्रीलगायतका विभिन्न उत्पादनहरु बिक्री गर्ने गरेको थियो । कुनै समयमा नेपालमा लोडसेडिङ हुने समयमा प्रशस्तै व्यापार गरेको साइमेक्स इंकको व्यवसाय नेपालमा लोडसेडिङ अन्त्य पश्चात भने इलेक्ट्रिक कारतर्फ मोडियो ।
लोडसेडिङ अन्त्य पश्चात नेपाली बजारमा पहिलो पटक सन् २०१७ को मार्चमा बीवाईडी ई६ इलेक्ट्रिक कार भित्र्याएर साइमेक्स इंक यो क्षेत्रमा प्रवेश गरेको थियो । शुरुमा १० युनिट गाडी नेपालमा भित्र्याएको यो समूहले भित्र्याएको गाडी प्रयोग गर्ने पहिलो व्यक्ति थिए तत्कालीन राष्ट्रिय योजना आयोगका सदस्य स्वर्णिम वाग्ले । त्यसको केही समय पछि मन्त्रालयले समेत बीवाईडीको गाडी प्रयोग गरेको श्रेष्ठको भनाइ छ । विशेष गरी सरकारी क्षेत्रलाई नै विद्युतीय सवारीको वारेमा धेरै जानकारी प्रदान गर्नमा साइमेक्स इंकले धेरै भूमिका खेलेको छ ।
पहिले विद्युतीय कारको प्रयोग नबढेकै समयमा पनि राष्ट्रपति, उर्जामन्त्री, विद्युत प्राधिकरणका उच्च पदस्थ कर्मचारी लगायत प्रतिष्ठित व्यक्तिहरुले बीवाईडीका इलेक्ट्रिक कार प्रयोग गर्ने गरेका थिए । यसरी सबैतिर इलेक्ट्रिक कारको प्रयोग बढाउनुमा बीवाईडी नेपाल अर्थात साइमेक्स इंकको महत्वपूर्ण भूमिका छ ।
हाल नेपाली बजारमा बीवाईडीका एट्टो १, एट्टो २, एट्टो ३, डल्फिन, सिल, एम६ लगायतका मोडल उपलब्ध छन् ।
काठमाडौं – सुन्दर यातायात अन्तर्गतको सुन्दर ट्रेडर्स प्रालिले फियाडो...
अटोमोबाइलको दुनियाँमा एउटा नयाँ युगको सुरुवात भएको छ। चिनियाँ कम्पनी...
नेपालको प्रमुख ईभी विक्रेता सीजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...