लन्चअघि नै एमजी ०७ को माग उच्च, सेडानमा शीर्ष स्थान हासिल गर्ने लक्ष्य
काठमाडौं–चीनमा प्रि–सेल्स सुरु भएको २० घण्टाभित्रै २१ हजार भन्दा बढी...
एमजी मोटर इन्डियाले आफ्नो नयाँ हेक्टर हक अगस्ट २८ मा सार्वजनिक गर्ने तयारी गरेको छ। सो गाडी कम्पनीको नयाँ एडेप्ट प्लेटफर्ममा आधारित हुनेछ ।
हेक्टर हक अन्तर्राष्ट्रिय बजारमा उपलब्ध वुलिङ स्टारलाइट ५६० मा आधारित हुनेछ। भारतीय बजारमा भने सो गाडी सुरुवाती चरणमा इलेक्ट्रिक र प्लग इन हाइब्रिड भर्सनमा उपलब्ध हुने अपेक्षा गरिएको छ। कम्पनीले सो गाडी मार्फत एउटै मोडलमा फरक–फरक पावरट्रेन विकल्प उपलब्ध गराउने रणनीति अपनाएको छ ।
यसको ईभी संस्करणमा ६९.२ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिने अपेक्षा गरिएको छ। यसको फ्रन्टमा सिंगल मोटर जडान गरिनेछ, जसले करिब १९७ देखि २०१ हर्सपावरसम्मको पावर र ३१० एनएम टर्क उत्पादन गर्न सक्नेछ। यसको रेन्ज करिब ५३० किलोमिटर हुने दाबी गरिएको छ। यद्यपि भारतमा प्रयोग हुने संस्करणको रेन्ज फरक हुन सक्नेछ।
त्यस्तै, प्लग–इन हाइब्रिड संस्करणमा १.५ लिटर पेट्रोल इन्जिनसँग २०.५ किलोवाट आवरको ब्याट्री प्याक जडान गरिनेछ । सो पावरट्रेनले करिब १९२ देखि १९४ हर्सपावरसम्मको संयुक्त पावर र २३० एनएम टर्क उत्पादन गर्ने अपेक्षा गरिएको छ। यसको इलेक्ट्रिक मोडले करिब १२५ किलोमिटरसम्मको रेन्ज तय गर्न सक्नेछ । यसका कारण दैनिक छोटो दूरीको यात्रामा पेट्रोल इन्जिन प्रयोग नगरी इलेक्ट्रिक मोडमा चलाउन सकिनेछ।
यसको लम्बाइ करिब ४७०० देखि ४७५० एमएम र ह्विलबेस करिब २८०० एमएम हुने अनुमान गरिएको छ। यसमा ७ सिटको व्यवस्था हुनेछ। यसमा १२.८ इन्चको ठुलो टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र ८.८ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर उपलब्ध हुने अनुमान गरिएको छ । साथै फिचरको रुपमा प्यानोरामिक सनरुफ र फ्रन्ट भेन्टिलेटेड सिट तथा सेफ्टीका लागि एडास र ६ वटा एयरब्याग उपलब्ध हुने अपेक्षा गरिएको छ।
रिपोर्टका अनुसार यसको ईभी भर्सनले मूल्यका आधारमा महिन्द्राको एक्सईभी ९एस र प्लगइन हाइब्रिड भर्सनले महिन्द्रा एक्सयूभी ७एक्सओ र टाटा सफारीसँग प्रतिस्पर्धा गर्ने सम्भावना छ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...