एमजी टमाहकको बुकिङ १० हजार नाघ्यो, विन्डसरको बिक्री १ लाख नजिक
काठमाडौं–नेपाली बजारमा हालै लन्च भएको एजमी हेक्टर टमाहकले भारतमा निकै...
काठमाडौं – नेपाली बजारमा एमजी हेक्टर गाडी उपलब्ध हुने भएको छ । नेपालका लागि एमजीको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले हेक्टर एसयूभीको बुकिङ खुला गरिएको बताएको छ ।
यसमा रहेको १.५ लिटर टर्बो पेट्रोल इन्जिनले १४३ एचपीको पावर र २५० एनएमको टर्क जेनेरेट गर्छ । इन्जिनमा ६ स्पिड म्यानुअल गियरबक्स स्ट्यान्डर्ड समावेश गरिएको छ ।
एमजी हेक्टरमा १०.४ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम समावेश गरिएको छ । सो इन्फोटेमेन्ट सिस्टम एन्ड्रोयड अटो, एपल कारप्ले समावेश छ । एसयूभीको टप भेरिएन्टमा ३६० डिग्री क्यामेरा, चारै तर्फ घुमाउन मिल्ने कोड्राइभर सिट, ठूलो प्यानोरमिक सनरुफ, हिटेड आउट साइड रियर भ्यु मिरर, रेन सेन्सिङ वाइपर्स, अटोमेटिक हेडल्याम्प्स, १७ इन्च अलोय ह्विल र ८ कलर्सको साथमा मुड लाइटिङ जस्ता फिचर रहेको छ ।
एमजी हेक्टर एसयूभीमा ड्युअल फ्रन्ट एयरब्याग्स, ईबीडीको साथमा एबीएस, ईएसपी, ट्रयाक्सन कन्ट्रोल, रियर पार्किङ सेन्सर र चारै ह्विलमा डिस्क ब्रेक जस्ता फिचर रहेको छ ।
नेपाली बजारमा साइन भेरिएन्ट उपलब्ध हुने र यी मध्ये धेरैजसो फिचर उपलब्ध हुने कम्पनी स्रोतको भनाइ छ । यसको मूल्य भने अहिले नै सार्वजनिक गरिएको छैन ।
ग्राहकले एमजी हेक्टर अवलोकनका लागि नक्सालस्थित सोरुम भिजिट गर्न सक्ने बताइएको छ । अहिले बुकिङ गर्ने ग्राहकलाई गाडी भने आगामी नोभेम्बर महिनामा मात्र उपलब्ध गराइने छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...