एमजी ईएस५ को बिक्री शुरु, चीनमा १४ हजार डलरमै किन्न पाइने

एमजीले आफ्नो नयाँ इलेक्ट्रिक क्रसओभर ईएस५ को बिक्री शुरु गरेको छ । सुरुवाती मूल्य १६ हजार ९०० डलर निर्धारण गरेर बिक्री थालिएको यसको मुल्य चिनियाँ बजारमा भने १३ हजार ९५० डलर पर्ने जनाइएको छ । चीन सरकारले उपलब्ध गराउँदै आएको सहुलियत र नगद छुटपछि ईएस५ को मूल्य १४ हजार डलरभन्दा कम पर्न गएको हो ।

४०.१ र ६२.२ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध ईएस५ मा १२५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो ईभीले सिंगल चार्जमा ५२५ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ । सो नयाँ ईभीमा एमजीले आफ्नो लेटेष्ट डिजाइन ल्यांग्वेज प्रयोग गरेको छ ।

निकै नै सार्प डिजाइनमा तयार पारिएको एमजी ईएस५ मा १५.६ इन्चको फ्लोटिङ स्क्रिन, १०.२५ इन्चको एलईडी इन्स्ट्रयुमेन्ट क्लस्टर, डि आकारको थ्री स्पोक स्टेरिङ ह्विल र ह्विलसंगै गियर सिफ्टर माउन्टेड दिएको छ । कारम वायरलेस चार्जिङ प्याड र ६ वटासम्म स्पिकर तथा थुप्रै सेफ्टि फिचर दिइएको छ ।

एमजीको सो नयाँ ईभी छिट्टै नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ । ईएस५ ले हाल उपलब्ध जेडएस ईभीलाई प्रतिस्थापन गर्ने कम्पनी भनाई छ ।

सम्बन्धित समाचारहरू

भारतमा सार्वजनिक भयो एमजीको पहिलो सीयूभी एमजी विन्डसर, नेपालमा पनि आउने संकेत

भारतमा सार्वजनिक भयो एमजीको पहिलो सीयूभी एमजी विन्डसर, नेपालमा पनि आउने संकेत

एमजी मोटर इन्डियाले भारतको पहिलो स्मार्ट सीयूभी अर्थात क्रसओभर युटिलिटी...

नेपालमा एमजी विन्ड्सरको दुई भेरिएन्टमात्रै उपलब्ध हुने, मूल्य कति ?

नेपालमा एमजी विन्ड्सरको दुई भेरिएन्टमात्रै उपलब्ध हुने, मूल्य कति ?

एमजीको वहुप्रतिक्षित बिद्युतिय कार विन्डसर नेपाल आएको छ । नेपालका लागि...

सुरुवाती मूल्य ६० लाख सहित नेपाली बजारमा सार्वजनिक भयो एमजी हेक्टर

सुरुवाती मूल्य ६० लाख सहित नेपाली बजारमा सार्वजनिक भयो एमजी हेक्टर

काठमाडौं – मोरिस ग्यारेज (एमजी) को आधिकारिक वितरक पारामाउन्ट मोटर्सले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...