एमजी ईएस५ को बिक्री शुरु, चीनमा १४ हजार डलरमै किन्न पाइने

एमजीले आफ्नो नयाँ इलेक्ट्रिक क्रसओभर ईएस५ को बिक्री शुरु गरेको छ । सुरुवाती मूल्य १६ हजार ९०० डलर निर्धारण गरेर बिक्री थालिएको यसको मुल्य चिनियाँ बजारमा भने १३ हजार ९५० डलर पर्ने जनाइएको छ । चीन सरकारले उपलब्ध गराउँदै आएको सहुलियत र नगद छुटपछि ईएस५ को मूल्य १४ हजार डलरभन्दा कम पर्न गएको हो ।

४०.१ र ६२.२ किलोवाट आवरको ब्याट्री प्याकमा उपलब्ध ईएस५ मा १२५ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो ईभीले सिंगल चार्जमा ५२५ किलोमिटरसम्म रेन्ज दिने दावी गरिएको छ । सो नयाँ ईभीमा एमजीले आफ्नो लेटेष्ट डिजाइन ल्यांग्वेज प्रयोग गरेको छ ।

निकै नै सार्प डिजाइनमा तयार पारिएको एमजी ईएस५ मा १५.६ इन्चको फ्लोटिङ स्क्रिन, १०.२५ इन्चको एलईडी इन्स्ट्रयुमेन्ट क्लस्टर, डि आकारको थ्री स्पोक स्टेरिङ ह्विल र ह्विलसंगै गियर सिफ्टर माउन्टेड दिएको छ । कारम वायरलेस चार्जिङ प्याड र ६ वटासम्म स्पिकर तथा थुप्रै सेफ्टि फिचर दिइएको छ ।

एमजीको सो नयाँ ईभी छिट्टै नेपाली बजारमा समेत आउने अनुमान गर्न सकिन्छ । ईएस५ ले हाल उपलब्ध जेडएस ईभीलाई प्रतिस्थापन गर्ने कम्पनी भनाई छ ।

सम्बन्धित समाचारहरू

अब सवारी साधन कर्जामा पनि १५० प्रतिशतसम्म जोखिम भार, अटोमोबाइल व्यवसाय थप संकटमा

अब सवारी साधन कर्जामा पनि १५० प्रतिशतसम्म जोखिम भार, अटोमोबाइल व्यवसाय थप संकटमा

काठमाडौं – घरजग्गा, गाडी र सेयर कर्जामा १५० प्रतिशतसम्म जोखिम भार कायम...

ललितपुरको कुसुन्तीमा खुल्यो डीसी र एसी चार्जर सहित एमजीको अत्याधुनिक सर्भिस सेन्टर

ललितपुरको कुसुन्तीमा खुल्यो डीसी र एसी चार्जर सहित एमजीको अत्याधुनिक सर्भिस सेन्टर

काठमाडौं – एमजी गाडीको नेपालका लागि आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स...

एमजीका विद्युतीय गाडी किन्न प्रभु बैंकले ऋण दिने

एमजीका विद्युतीय गाडी किन्न प्रभु बैंकले ऋण दिने

काठमाडौं – एमजी गाडीको विद्युतीय सवारी साधन किन्नका लागि प्रभु बैंकले ऋण...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...