भारतमा चर्चित बनेको एमजी विन्डसर ईभी अब नेपालमा, यस्तो छ मूल्य र फिचर
काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात एमजीको नयाँ ईभी विन्डसर नेपाली...
भारत मोबिलिटी ग्लोबल एक्स्पो २०२५ आयोजना हुन लागेको छ। यसमा १०० भन्दा बढी अटोमेकर सहभागी हुनेछ, जसमा एमजी (मोरिस ग्यारेज) पनि सहभागी हुनेछ । भारत मोबिलिटीले २०२५ मा एमजी सेलेक्ट मार्फत तीन वटा लक्जरी गाडी प्रस्तुत गर्न लागेको छ, जसमध्ये दुई वटा एमजी साइबरस्टर र एमजी एम९ हुनेछ ।
एमजी साइबरस्टर एक लक्जरी इलेक्ट्रिक एमपीभी हो । यसलाई विश्व बजारमा मिफा ९ को नामबाट बिक्री गरिन्छ। यसको डिजाइन निकै आकर्षक बनाइएको छ । यसको क्याबिन आधुनिक फिचरले सुसज्जित गरेको छ।
एमजी एम९ को इन्टेरियरको दोस्रो पङ्क्तिमा रिक्लाइनिङ ओटोम्यान सिटमा रहेको टच स्क्रिन ह्यान्डरेलबाट बाहिरी भागमा ट्रापेजोइडल फ्रन्ट ग्रिल दिइएको छ । साथै यसमा ८ मसाज मोड र अटोमन सिटमा ३ जोन क्लाइमेट कन्ट्रोल जस्ता फिचर पनि छ । यसको तीन पङ्क्तिमा सात जना यात्रुले आरामसँग यात्राको आनन्द लिन सकिन्छ ।
यसमा हाई सिट बोनेट, स्लिक डिजाइन गरिएको हेडलाइट, कनेक्टेड लाइट, एलईडी डीआरएल, स्लाइडिङ रियर डोर जस्ता विशेषता पनि हुनेछ । साथै ड्युअल सनरुफ, ब्ल्याक इन्टेरियर, वायरलेस मोबाइल चार्जर, एयर प्युरिफायर, १२.३ इन्चको इन्फोटेनमेन्ट सिस्टम, १२ स्पिकर अडियो सिस्टम, स्मार्ट की, फ्रन्ट अटो वाइपर जस्ता अत्याधुनिक फिचर पनि रहेको छ ।
यसको शोरूम मूल्य लगभग ६५ लाख भारु हुने सम्भावना छ । एमजीले सन् २०२६ सम्ममा सेलेक्ट मार्फत ४ वटा लक्जरी कार लन्च गर्ने भएको छ । कम्पनीले यी गाडीको बिक्रीका लागि १२ वटा शोरुम पनि खोल्नेछ ।
एमजी सेलेक्टले एमजी साइबरस्टरलाई अटो एक्सपो २०२५ मा लन्च गर्नेछ। यो कम्पनीको इलेक्ट्रिक स्पोर्ट्स कार हो। यसको ड्यासबोर्डमा मल्टिस्क्रिन लेआउट, विशाल सेन्टर कन्सोल, स्पोर्टी फ्ल्याट बटम स्टेयरिङ ह्विल र लेदर अपहोल्स्ट्री जस्ता फिचर उपलब्ध गराइएको छ। यसलाई दुई ब्याट्री प्याकमा प्रस्तुत गरिनेछ। यसले ५५० किलोमिटरभन्दा बढीको रेन्ज दिनेछ । साइबरस्टरको एक्स-शोरूम मूल्य ५० देखि ७० लाख भारुसम्म हुन सक्छ ।
काठमाडौं – लामो समयको प्रतीक्षा पश्चात एमजीको नयाँ ईभी विन्डसर नेपाली...
भारतमा टाटा, महिन्द्रा र एमजीले आफ्ना ईभीमा भारी छुट योजना ल्याएको छ । वर्ष...
एमजीले आफ्नो फ्ल्यागशिप मोडल साइबरस्टर पछि साइवर सिरिजमा अर्को नयाँ मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...