म्याक्सस ई–टेरोन ९ कम्फर्ट इलेक्ट्रिक पिकअप नेपालमा सार्वजनिक, पहिलो ५० ग्राहकका लागि मूल्य ८८ लाख

काठमाडौं – नेपालका लागि म्याक्सस ब्रान्डका सवारीसाधनको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रालिले नयाँ शक्तिशाली र प्रिमियम इलेक्ट्रिक फोर–हिवल ड्राइभ पिकअप म्याक्सस ई–टेरोन ९ कम्फर्ट नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य ८८ लाख रुपैयाँ तोकेको छ। यो मूल्य पहिलो ५० जना ग्राहकका लागि मात्र लागू हुनेछ।

शक्तिशाली प्रदर्शन, लामो रेन्ज, आरामदायी यात्रा र व्यावहारिक प्रयोगलाई ध्यानमा राखेर तयार गरिएको म्याक्सस ई–टेरोन ९ कम्फर्ट दैनिक यात्रा, लामो दूरीको ड्राइभ, आउटडोर एडभेन्चर तथा व्यावसायिक प्रयोगका लागि उपयुक्त छ।

गाडीमा १०२.२ किलोवाट आवर क्षमताको ब्याट्री जडान गरिएको छ, जुन नेपालकै सबैभन्दा ठूलो क्षमता भएको ब्याट्री प्याक हो। जसले एकपटक फुल चार्ज गर्दा एनईडीसी मापदण्डअनुसार ५६० किलोमिटरसम्मको रेन्ज दिन्छ । यसले ११५ किलोवाट सम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ब्याट्रीलाई करिब ४२ मिनेटमा २० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

ई–टेरोन ९ कम्फर्टमा अगाडि १२५ किलोवाट र पछाडि २०० किलोवाट क्षमताका दुईवटा इलेक्ट्रिक मोटर छन् । यसले कुल ७०० एनएम टर्क उत्पादन गर्छ। गाडीले केवल ५.८ सेकेन्डमा शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ भने यसको अधिकतम गति १९० किलोमिटर प्रतिघण्टा रहेको छ।

हिमालय मोट्रक्स प्रालिका प्रतिनिधिले भने – म्याक्सस ई–टेरोन ९ कम्फर्टले लामो इलेक्ट्रिक रेन्ज, शक्तिशाली फोर ह्विल ड्राइभ क्षमता सहित उच्च हिमाली क्षेत्र, हिलो सडक, ढुङ्गे सडकमा चलाउन मिल्ने मोडहरू भएको उच्च सुरक्षा र आरामलाई एउटै गाडीमा समेटेको छ ।

शक्तिशाली र व्यावहारिक क्षमता
म्याक्सस ई–टेरोन ९ कम्फर्टले १,०५० केजीसम्म सामान बोक्न सक्छ भने यसको ब्रेकसहितको टोइङ क्षमता ३,५०० केजीसम्म रहेको छ। यसको कार्गो बक्सको आकार १,५६१ एमएम, १,५०० एमएम र ५३५ एमएम रहेको छ। यसमा व्यावसायिक सामान, यात्रा सामग्री तथा दैनिक प्रयोगका विभिन्न सामग्री सजिलै राख्न सकिन्छ ।

गाडीमा विभिन्न प्रकारका सडक र भू–आगमा सहज रूपमा चलाउन सहयोग गर्ने अल–टेरेन सिस्टम (एटीएस) दिइएको छ। यसले ५४५ एमएम गहिराइसम्मको पानीमा चल्न सक्ने क्षमता राख्छ। गाडीको एप्रोच एंगल २९ डिग्री र डिपार्चर एंगल २५ डिग्री रहेको छ।

डबल विशबोन फ्रन्ट सस्पेन्सन र मल्टी–लिंक इन्डिपेन्डेन्ट रियर सस्पेन्सनले नेपालको फरक–फरक सड़क अवस्थामा पनि आरामदायी र स्थिर यात्रा प्रदान गर्न सहयोग गर्छ।

आरामदायी क्याबिन र आधुनिक प्रविधि
पाँचजना यात्रुका लागि तयार गरिएको ई–टेरोन ९ कम्फर्टको क्याबिन फराकिलो र आधुनिक छ। यसमा १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र १२.३ इन्चको सेन्ट्रल टचस्क्रिन गरी दुईवटा स्क्रिन उपलब्ध छन् । सो गाडीमा एप्पल कारप्ले र एन्ड्रोइड अटो, अटोमेटिक एयर कन्डिसनिङ, ६ तरिकाले मिलाउन सकिने इलेक्ट्रिक ड्राइभर सिट, मल्टिफङसन माइक्रोफाइबर लेदर स्टेयरिङ ह्विल, पछाडिका यात्रुका लागि एसी आउटलेट, यूएसबी र टाइप सी चार्जिङ पोर्ट, चाबी ननिकाली गाडी खोल्न र स्टार्ट गर्न सकिने सुविधा, अटोमेटिक हेडलाइट र वाइपर, बाहिरी विद्युतीय उपकरण चलाउन मिल्ने भीटुएल सुविधा, वान–टच पावर विन्डो, फाइभ–स्टार सुरक्षा रेटिङ लगायतका विशेषता रहेका छन् ।

म्याक्सस ई–टेरोन ९ कम्फर्टले प्रतिष्ठित युरो एनक्यापबाट फाइभ–स्टार सुरक्षा रेटिङ प्राप्त गरेको छ। जुन नेपालमा आयातित कमै सवारी साधनले मात्र प्राप्त गरेका छन्। यसले गाडीको बलियो सुरक्षा क्षमता तथा यात्रुको सुरक्षाका लागि प्रयोग गरिएको आधुनिक प्रविधिलाई देखाउँछ। यसका साथै बिक्रीपछिको सेवाका लागि नेपाल अधिराज्यभर ६ प्रमुख सहरहरूमा यसको सर्भिस आउटलेटहरु उपलब्ध गराइएको कम्पनीको भनाइ छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...