ईभीको विस्तार र ग्राहक सन्तुष्टिका लागि एमएडब्लू वृद्धिले पायो फेरि नयाँ उपलब्धि

इनर्जी, भिजन, फ्युचर” थिममा सम्पन्न भएको २०२६ डोङफेङ डिलर कन्फरेन्समा एमएडब्लू वृद्धि मोटर्सले “२०२५ अवार्ड अफ एक्सिलेन्ट ईभी सेल्स” र “२०२५ अवार्ड अफ सर्भिस एक्सिलेन्स” गरी दुई महत्वपूर्ण सम्मानहरू प्राप्त गरेको छ। नेपालमा ईभी प्रवर्द्धन, नेटवर्क विस्तार र ग्राहकको हितमा काम गरेका कारण कम्पनीलाई यी पुरस्कारहरू प्राप्त भएको हो। यी अवार्डहरू एमएडब्लू समूहको वातावरणप्रतिको जिम्मेवारी र नयाँ ऊर्जाक्षेत्रको प्रबर्धन गर्ने व्यापक लक्ष्यसँग मेल खान्छ । समूहले नेपाललाई स्वच्छ उर्जाका यातायाततर्फ लैजानका लागि पूर्ण ईभी इकोसिस्टम र आवश्यक पूर्वाधार निर्माण गर्न लागिपरेको छ। ईभी क्षेत्रमा निभाएको अग्रणी भूमिकाकै कारण एमएडब्लू वृद्धिले वातावरण संरक्षण र प्रदुषणमुक्त यातायात समाधानमा समर्पित अग्रणी ब्रान्डको रुपमा आफ्नो पहिचान बनाएको बताएको छ।

एमएडब्लू वृद्धि मोटर्सले केवल १४ महिनाकै दौरानमा १२५० भन्दा बढी ईभी गाडी बिक्री गरिसकेको छ, जुन न्यू इनर्जीको क्षेत्रमा उल्लेखनीय उपलब्धि हो। यसको ह्याचब्याक मोडेल नामी बक्स आफ्नो सेग्मेन्टमा सबैभन्दा बढी बिक्री भएको गाडी बनेको छ। यसले स्मार्ट फिचर भएका गाडीप्रति ग्राहकको विश्वास र माग बढेको देखाउँछ। कम्पनीले हालसालै भित्र्याएको नामी भिगोको डेलिभरी अक्टोबरदेखि सुरु गरेको छ। यसले उपभोक्ताका लागि अझ धेरै ईभीको छनोटहरू उपलब्ध गराएको छ। देशभर रहेका १२ वटा बिक्री केन्द्रले ग्राहकलाई ईभीबारे बुझ्न, यसलाई प्रत्यक्ष अवलोकन गर्न र ढुक्क भएर न्यू इनर्जी गाडी रोज्न सहज वातावरण बनाइदिएको छ।

Compressed by jpeg-recompress

एमएडब्लू ग्रुपले ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धताका कारण सर्भिस एक्सिलेन्स अवार्ड प्राप्त गरेको हो। एमएडब्लू वृद्धि मोटर्सका १० सेवा केन्द्रहरू छन्। यसको ग्राहक सन्तुष्टि दर ९२ प्रतिशत छ र २४/७ हेल्पलाइन मार्फत यसले एकदम छिटो सहायता उपलब्ध गराउँछ। यसको सेवा प्रणालीमा पिक–एण्ड–ड्रप, रोडसाइड असिस्टेन्स तथा अफरोड सेवा जस्ता सुविधा भएकोले ग्राहकहरूले जुनसुकै स्थानबाट सहयोग लिन सक्छन्। यी सबै सुविधाहरूले गर्दा एमएडब्लू वृद्धि गाडी बिक्रीपछि पनि ग्राहकहरूसँग दीर्घकालीन विश्वास र सम्बन्ध कायम गर्न सफल रहेको छ।

कम्पनीको ब्रान्ड दृष्टिकोण स्टेक होल्डरको कदर, नेतृत्वदायी क्षमता र कम्पनीको उद्देश्यमा मानिसहरूको विश्वास जस्ता तीन मुख्य कुराहरूमा आधारित छ। स्वच्छ ऊर्जा, पूर्वाधारमा लगानी र ग्राहकलाई प्राथमिकतामा राख्ने सेवा प्रणालीका कारण स्टेक होल्डरहरूले यस ब्रान्डमा भरोसा राखेका छन्।

यी सम्मान र निरन्तरका पहलहरूमार्फत, एमएडब्लू वृद्धि मोटर्सले नेपालका लागि एक दिगो र प्रगतिशील भविष्य निर्माण गर्ने जिम्मेवार नेतृत्वको रूपमा आफ्नो पहिचानलाई अझ बलियो बनाउँनेछ।

यसै सन्दर्भमा समूहका अध्यक्ष श्री विष्णु कुमार अग्रवालले भने, “हामी नेपालमा वातावरणमैत्री गाडीहरू ल्याउन निरन्तर काम गर्नेछौँ ,यसले आयातित इन्धनप्रतिको निर्भरता घटाएर, स्वदेशमै उत्पादित बिजुलीको खपत बढाउँछ, र राष्ट्रको अमूल्य विदेशी मुद्रा बचत गर्न मद्दत गर्नेछ। ग्राहकको सन्तुष्टि सधैँ हाम्रा हरेक कार्यको केन्द्रमा रहनेछ।”

सम्बन्धित समाचारहरू

नेपाली बजारमा थपियो नयाँ ब्रान्डको इलेक्ट्रिक कार : सीजी मोटर्सले ल्यायो नेटा भी

नेपाली बजारमा थपियो नयाँ ब्रान्डको इलेक्ट्रिक कार : सीजी मोटर्सले ल्यायो नेटा भी

काठमाडौं – चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्स वातावरणमैत्री विद्युतीय...

भदौमा अर्को ४ सिटर ईभी सिटी कार भित्रिदै, नाडा अटो शोमा अवलोकन गर्न सकिने

भदौमा अर्को ४ सिटर ईभी सिटी कार भित्रिदै, नाडा अटो शोमा अवलोकन गर्न सकिने

काठमाडौं – नेपाली बजारमा अर्को सानो ईभी भित्रिने भएको छ । बेइजिङ अटोमोबाइल...

थाहा छ, कारको पछाडि विन्डशिल्डमा किन हुन्छ लाइन ?

थाहा छ, कारको पछाडि विन्डशिल्डमा किन हुन्छ लाइन ?

आजको समयमा कार जीवनको अहम् हिस्सा बनेको छ । कार कम्पनीहरुले पनि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...