कमर्शियल भेहिकलको निर्यातमा नेतृत्व कायम राख्दै फोटोन, नेपालमा थप सुदृढ बन्दै
काठमाडौं – फोटोन मोटरले चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान...
काठमाडौं– एमएडब्लू ग्रुपले ‘फोटोन ग्लोबल अवार्ड २०२४’ मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । विद्युतीय सवारी साधनको क्षेत्रमा नेतृत्व र बिक्री कार्यसम्पादनका लागि एमएडब्लुले विश्वव्यापी मञ्चमा अवार्ड हात पारेको हो ।
अवार्ड कार्यक्रममा एमएडब्लू ग्रुपका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाललाई ‘लिडरशिप इन न्यु इनर्जी प्रोमोसन अवार्ड २०२४’ प्रदान गरिएको थियो । नेपालमा फोटोन ईभीको बिक्री मार्फत दिगो ऊर्जा समाधानतर्फ राष्ट्रको यात्रामा अग्रणी भूमिका निर्वाह गरेवापत यो अगार्ड प्रदान गरिएको हो ।
यसैगरी, एमएडब्लू वृद्धी कमर्शियलका सीईओ तुषार गुप्तलाई एक्सेलेन्स इन सेल्स अवार्ड २०२४ प्रदान गरिएको थियो । यस उपलब्धिले एमएडब्लू ग्रुपको अतुलनीय बिक्री सफलता र यस क्षेत्रमा ईभी बजारलाई पुनः परिभाषित गर्ने नवीन रणनीतिहरूलाई प्रकाश पार्ने कम्पनीले जनाएको छ ।
अवार्डहरू फोटोन ग्रुपका उपाध्यक्ष र फोटोन ओभरसिज बिजनेसका अध्यक्ष फू जुन स्वयमले प्रदान गरेका थिए । प्रतिष्ठित व्यक्तित्वबाट प्राप्त यी अबार्डले एमएडब्लू ग्रुपको ईभी उद्योगमा विश्वव्यापी प्रभावलाई जोड दिने विश्वास लिइएको छ ।
नेपालमा ‘इनर्जी–इफिसियन्ट’ गतिशीलतालाई अगाडि बढाउन एमएडब्लू ग्रुपको अटल समर्पणलाई अवार्डले थप पुष्टि गरेको कम्पनी भनाई छ । फोटोन ग्लोबलले दिगो ऊर्जा र गतिशीलतामा एमएडब्लू ग्रुपको परिवर्तनकारी योगदानलाई स्वीकार गरेको जनाइएको छ । यी अवार्डले ईभी क्षेत्रमा ट्रेन्डसेटरको रूपमा समूहको प्रभाव र हरित भविष्यलाई आकार दिने प्रतिबद्धतालाई समेत जोड दिने बताइएको छ ।
काठमाडौं – फोटोन मोटरले चीनको कमर्शियल भेहिकल उद्योगमा आफ्नो अग्रस्थान...
काठमाडौं – नेपाली अटोमोबाइल उद्योगमा परिचित एमएडब्ल्यु ग्रुपले विश्वकै...
काठमाडौं – फोटोनले नेपालमा विश्वसनीय कमर्सियल मोबिलिटी पार्टनरको रूपमा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...