प्रगतिलाई गति र व्यवसायलाई साथ दिँदै फोटोनका गाडीहरू

काठमाडौं – फोटोनले नेपालमा विश्वसनीय कमर्सियल मोबिलिटी पार्टनरको रूपमा आफ्नो भूमिका अझ मजबुत बनाइरहेको छ । उद्यमी, संस्थान र यातायात संचालकहरूका लागि फोटोनका भरपर्दा, किफायती र टिकाउ गाडीहरू ठूलो सहारा बनिरहेका छन् । इन्धनको मूल्य बढ्दै गएको र सफा सवारी साधनको माग बढिरहेको अवस्थामा फोटोनका इलेक्ट्रिक र कमर्सियल गाडीहरूले व्यवसायलाई अझ स्मार्ट र कम खर्चमा सञ्चालन गर्न मद्दत गरिरहेका छन् ।

धेरै साना व्यवसायीहरूका लागि फोटोन भरपर्दो विकल्प बनेको छ । बनेपाका जितबहादुर तामाङका अनुसारले उत्कृष्ट पिकअप, राम्रो आराम र उकालो–ओरालो दुबैमा भरपर्दो ब्रेकिङ उपलब्ध गराउँछ। खर्च कम गराई राम्रो बचत भैरहेको छ, उनी टीएम१ लाई साँच्चै नै कमाईको राजा’ भन्छन् । डिजेल र पेट्रोल गाडीबाटमा सरेपछि उनको मर्मत र इन्धन खर्च धेरै घटेको छ, र घरमै चार्ज गर्न सकिने सुविधा हुँदा दैनिक काम झनै सजिलो भएको छ ।

शैक्षिक संस्थाहरूले पनि सुरक्षित र टिकाउ यातायातका लागि फोटोन रोजिरहेका छन् । रेहडन एजुकेसन फाउन्डेसनका मुख्य प्रशासक तिलकराम सिंखडाले फोटोन ईभी भ्यानको स्मूथ, शान्त र कम्पनरहित अनुभवको प्रशंसा गरे । अभिभावकहरूले पनि डिजेल भ्यानको तुलनामा यसमा निकै फरक महसुस गरेको बताएका छन् । यसको आराम, बलियो ब्याट्री प्रदर्शन,सुरक्षा, एसी र आधुनिक सुविधाले यसलाई विद्यालय यातायातका लागि विश्वासिलो विकल्प बनाएको छ ।

धेरै वर्षको अनुभव भएका यातायात व्यवसायीहरू पनि फोटोनप्रति त्यत्तिकै सन्तुष्ट छन् । समाखुसी यातायातका २५ वर्ष अनुभव भएका चालक ईश्वर प्रसाद न्यौपानेका अनुसार फोटोन ईभी भ्यान चलाउन निकै सहज छ, आराम भीआईपी जस्तै छ र ब्याट्री रेन्ज दिनभरी काम चल्ने खालको छ। उनी भन्छन्, चार्जिङ स्टेसनहरू सजिलै भेटिन्छन्, र गाडीले सुरुदेखि नै उत्कृष्ट भरोसा दिँदै आएको छ ।

उत्कृष्ट प्रदर्शन, इलेक्ट्रिक दक्षता र देशभर उपलब्ध सपोर्टका कारण फोटोनले नेपाली व्यवसायलाई खर्च घटाउन, सफा सवारी अपनाउन र भविष्यलाई अझ दिगो बनाउन मद्दत गरिरहेको छ । फोटोन नेपाली समुदाय र यहाँका उद्योगहरूमा सकारात्मक परिवर्तन ल्याउन प्रतिबद्ध छ ।

एमएडब्लू वृद्धि कमर्शियल नेपालमा कमर्शियल गाडी उपलब्ध गराउने संस्था हो, जसले राम्रो मोबिलिटी समाधान विकास गर्ने लक्ष्य राखेको छ । कम्पनी फोटोन गाडीहरूको अधिकृत वितरक हो र ग्राहक सन्तुष्टिलाई ध्यानमा राखेर विश्वसनीय र प्रदर्शनमा आधारित सेवा दिनमा गर्व गर्दछ । एमएडब्लू वृद्धि कमर्शियलले व्यवसायहरूले उच्च गुणस्तरका गाडी र उत्कृष्ट आफ्टर(सेल्स सर्भिस सजिलै पाउन सकून् भनेर देशभर आफ्ना शोरुम र सर्भिस नेटवर्कहरू विस्तार गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

फोटोन इलेक्ट्रिक पिकअप ट्रकको पहिलो डेलिभरी सम्पन्न

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक बिक्रेता एमएडब्ल्यु...

नाडा अटो शोमा आकर्षणको केन्द्र बन्दै फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्ट

नाडा अटो शोमा आकर्षणको केन्द्र बन्दै फोटोन टुनल्यान्डका पावरहाउस प्रोडक्ट

काठमाडौं – नेपाली बजारमा फोटोन टुनल्यान्ड जी७ को सफल लन्चपछि यस पटकको नाडा...

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन

४०० युनिट सहित युरोपमा फोटोन टुनल्यान्ड जी७ को ऐतिहासिक माइलस्टोन

फोटोन टुनल्यान्ड जी७ विश्वस्तरीय इन्जिनियरिङको एक सशक्त उदाहरणका रूपमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...