एमएडब्ल्यु ग्रुपले ग-यो विश्वकै ठूलो ब्याट्री उत्पादक कम्पनी क्याटलसँग सहकार्यको घोषणा

काठमाडौं – नेपाली अटोमोबाइल उद्योगमा परिचित एमएडब्ल्यु ग्रुपले विश्वकै सबैभन्दा ठूलो ब्याट्री उत्पादक संस्था कन्टेम्पोररी एम्पेरेक्स टेक्नोलोजी कम्पनी लिमिटेड (क्याटल) सँगको आफ्नो साझेदारीको सगर्व घोषणा गरेको छ । यस सहकार्यले देशको ऊर्जा क्षेत्रमा उल्लेखनीय फड्को मार्दै नेपालमा व्यापक ब्याट्री इकोसिस्टम स्थापना गर्ने तयारी गरेको कम्पनीको भनाइ छ।

चीनको फुजियान प्रान्तको निङ्देमा हेडक्वार्टर रहेको क्याटल आफ्ना अटोमोटिभ र व्यावसायिक उपयोगको लागि प्रयोग हुने लिथियम आयोन ब्याट्री प्रविधिको लागि विश्वव्यापी रुपमा चर्चित छ। सन् २०११ देखि क्याटल नवीन ऊर्जा आविष्कारको क्षेत्रमा अग्रभागमा रहँदै आएको छ भने यो कम्पनी जडान क्षमताका आधारमा लगातार विश्वको शीर्षस्थ ब्याट्री निर्माता सूचीको अग्रस्थानमा रहँदै आएको छ।

एमएडब्ल्यु ग्रुप र एमएडब्ल्यु वृद्धि कमर्सियलले नेपाली बजारमा चांगन, फोटोन, सेरेस, जेसिबी, स्कोडा, जिप, आइसर, यामाहा लगायतका व्यावसायिक र यात्रुवाहक सवारी साधनका २० भन्दा बढी ब्रान्ड नेपाली बजारमा बिक्री–वितरण गरिरहेका छन् ।

यी सबैको समृद्ध पोर्टफोलियोको साथ ३०० भन्दा धेरै नेटवर्क टच पोइन्टहरु मार्फत ग्रुपले आफ्नो सेवा सञ्चालन गर्दै आइरहको छ। १००० भन्दा बढी कर्मचारीहरूको बलियो संयन्त्रले बनेको एमएडब्ल्यु ग्रुप आफ्ना ग्राहकहरुको उत्कृष्ट सेवा र सन्तुष्टिको सुनिश्चिततामा सधैं प्रतिबद्ध रहेको बताएको छ।

यस ऐतिहासिक साझेदारी अन्तर्गत एमएडब्ल्यु ग्रुपले नेपालमा क्याटलका लागि आधिकारिक सेवा एजेन्टको रूपमा काम गर्नेछ जसमार्फत् यस समूहले देशको बढ्दो उर्जा आवश्यकता पुर्ति गर्न ब्याट्री निर्माणमा क्याटलको विशेषज्ञताको उपयोग गर्नेछ।

यस सहकार्यमार्फत् एमएडब्ल्यु ग्रुप र क्याटल अत्याधुनिक ब्याट्री समाधानहरू प्रदान गर्न, नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउन र दिगो भविष्यको मार्ग फराकिलो बनाउन प्रतिबद्ध रहेको बताइएको छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...