मारुती सुजुकी नयाँ ब्रेजाको पहिलो टिजर बाहिरियो : जुन ३० को लन्च पहिले खुल्यो बुकिङ
मारुती सुजुकीले भारतीय बजारमा आगामी जुन ३० मा लन्च गर्ने तयारी गरिरहेको...
मारुती सुजुकीले ७ लाख ४६ हजार भारु मूल्यमा भारतीय बजारमा फ्रोङ्क्स लन्च गरेको छ । बलेनोको प्लेटफर्ममा आधारित फ्रोङ्क्सलाई कुपे एसयूभीको रूप दिइएको छ । हाल सो कार कम्पनीले नेक्सा शोरुमबाट बिक्री गरिरहेको छ ।
फ्रोङ्क्सको टप भेरिएन्ट लगभग १३ लाख १३ हजार भारुमा लन्च गरिएको छ । यसमा सिग्मा, डेल्टा, डेल्टा प्लस, जेटा र अल्फा ट्रिमहरू उपलब्ध छ ।
कम्पनीले सो कार २ वटा इन्जिनमा लन्च गरेको हो । यसमा पहिलो १.२ लिटर ४ सिलिन्डर पेट्रोल इन्जिन छ, यसले ८९ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र एएमटी विकल्पमा उपलब्ध छ । अर्कोतर्फ १.० लिटर ३ सिलिन्डर टर्बो पेट्रोल इन्जिन छ, जसले ९९ बीएचपी पावर जेनेरेट गर्छ । सो इन्जिन ५ स्पिड म्यानुअल र ६ स्पिड अटोमेटिक गियरबक्समा उपलब्ध छ ।
फ्रोङ्क्समा कम्पनीले अल एलईडी हेडल्याम्प, १६ इन्च ड्युअल टोन अलोय ह्विल, एलईडी टेललाइट, कन्ट्रास्ट कलर स्किड प्लेट र टप भेरिएन्टमा ड्युअल कलरको विकल्प दिएको छ ।
कारमा ६ एयर ब्याग, ३६० डिग्री क्यामेरा, एचयूडी, एप्पल कार प्ले र एन्ड्रोइड अटोलाई सपोर्ट गर्ने ९ इन्चको इन्फोटेनमेन्ट सिस्टम, क्रुज कन्ट्रोल, रियर एसी भेन्ट्स, वायरलेस चार्जर जस्ता फिचर पनि प्रदान गरिएको छ ।
मारुती सुजुकीले भारतीय बजारमा आगामी जुन ३० मा लन्च गर्ने तयारी गरिरहेको...
मारुती सुजुकीले नयाँ माइक्रो एसयुभी ल्याउने तयारी थालेको छ । कम्पनीले...
मारुती सुजुकीले आफ्नो भिजन ३.० रणनीति अन्तर्गत आगामी ४ वर्षमा ८ नयाँ मोडल...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...