मलेसियाली ईभी प्रोटोन ईमास ७ नेपालमा सार्वजनिक, यस्तो छ मूल्य र विशेषता

काठमाडौं – नेपालका लागि प्रोटोन ईभीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपाली बजारमा प्रोटोनको नयाँ ईभी ईमास ७ आधिकारिक रुपमा लन्च गरेको छ । हायात होटलमा गरिएको एक विशेष समारोहमा सो ईभी सार्वजनिक गरिएको थियो । कार्यक्रममा प्रतिष्ठित गण्यमान्य व्यक्ति, अटोमोटिभ क्षेत्रका विज्ञहरू, सञ्चारकर्मीहरू र कारप्रेमीहरूको उपस्थिति रहेको थियो ।

प्राइम र प्रिमियम गरी दुई भेरिएन्टमा उपलब्ध प्रोटोन ईमास ७ को मूल्य क्रमशः ५६ लाख ९९ हजार र ६७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । प्लाटिनम सिल्भर, टक्र्वोइज ग्रीन, स्लेट ग्रे, क्वाट्र्ज रोज र लिथियम ह्वाइट गरी विभिन्न ६ कलर अप्सनमा सो ईभी उपलब्ध हुनेछ ।

उद्घाटन समारोहमा जगदम्बा मोटर्स प्रा.लि.का कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘हामी नेपालमा प्रोटोन ईमास ७ सार्वजनिक गर्न पाउँदा अत्यन्तै उत्साहित छौं । नेपाल दिगो यातायाततर्फ अघि बढिरहेको बेला, हाम्रो लक्ष्य उच्च प्रदर्शनयुक्त र वातावरणमैत्री सवारी प्रदान गर्नु हो, जसले नेपाली मोटर चालकहरूको आशा र अपेक्षालाई पूरा गर्छ र सरकारको स्वच्छ ऊर्जा नीतिलाई सघाउँछ ।’

नेपालमा विद्युतीय सवारी साधनको पूर्वाधार र सरकारबाट प्राप्त प्रोत्साहनहरू विस्तार भइरहेका सन्दर्भमा, प्रोटोनले नेपालको हरित क्रान्तिमा आफ्नो योगदान दिन प्रतिबद्ध भएको बताएको छ ।

जगदम्बा मोटर्सले आगामी आर्थिक वर्षमा नेपालभरि आफ्नो डिलरशिप संख्या विस्तार गर्ने र बलियो सर्भिस सेन्टर नेटवर्क स्थापना गर्ने योजना बनाएको छ । साथै, प्रोटोनले नेपालमा विद्युतीय सवारीका लागि चार्जिङ स्टेशन पूर्वाधार विकासमा पनि लगानी गर्ने बताएको छ ।

प्रोटोन ईमास ७ प्रोटोनको पहिलो विद्युतीय सवारी साधन अर्थात ईभी हो । यो ग्लोबल मोड्युलर आर्किटेक्चर (जीएमए)प्लेटफर्ममा निर्माण गरिएको छ । यसमा १२–इन–१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम रहेको छ भने नवीनतम सेल–टु–बडी (सीटीबी) ब्याट्री संरचना छ । त्यसैगरी यसममा नयाँ पुस्ताको एजिस शर्ट–ब्लेड ब्याट्री (लिथियम आइरन फस्फेट) रहेको छ ।

सुरक्षा र प्रदर्शनका लागि यसमा लेभल २ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम छ भने ३६० डिग्री भ्यु क्यामेरा, फाइभ स्टार एसियन एनक्याप सेफ्टी रेटिङ, १६० किलोवाट पावर र ३२० एनएम टर्क जेनेरेट गर्ने क्षमता छ भने यसलाई ० देखि १०० किलोमिटर प्रतिघण्टा पुग्न पुग्न ६.९ सेकेन्ड मात्र लाग्छ । त्यसैगरी १०० किलोमिटर प्रतिघण्टाबाट रोक्न ३५ मिटर ब्रेकिङ दूरी मात्र चाहिन्छ ।

प्राइम भेरिएन्टमा ४९.५२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ३४५ किलोमिटर रेन्ज दिन्छ । त्यसैगरी प्रिमियम भेरिएन्टमा ६०.२२ किलोवाट आवरको ब्याट्री छ र यसले डब्लुएलटीपी अनुसार सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिन्छ । यसले डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ र ३० प्रतिशतबाट ८० प्रतिशत चार्ज हुन २० मिनेट मात्र लाग्छ । १० मिनेट चार्ज गर्दा यसलाई १३५ किलोमिटर सम्म चलाउन सकिन्छ ।

यसको इन्टेरियरमा भेन्टिलेटेड सिटहरू छन् भने प्रशस्त लेगरुम रहेको छ । ३३ स्टोरेज कम्पार्टमेन्टहरू रहेको प्रोटोन ईमास७ ईभीमा वानोस प्रविधिसहितको १६ स्पिकर साउन्ड वेभ सिस्टम छ भने २५६ रङको एम्बियन्ट लाइटिङ छ, जुन यो सेगमेन्टकै सर्वश्रेष्ठ भएको कम्पनीको भनाइ छ । यसमा २.५ के रिजोल्युन सहितको १५.४ इन्चको टचस्क्रिन डिस्प्ले रहेको छ ।

प्रोटोन ईमास ७ मलेसियाली कम्पनीद्वारा उत्पादित ईभी हो । यो नेपाली बजारमा पहिलो पटक भित्रिएको हो । यो मलेसियाको अग्रणी राष्ट्रिय विद्युतीय सवारी र नयाँ ऊर्जा ब्रान्ड हो, जसलाई प्रो-नेटद्वारा वितरण गरिन्छ ।

पहिलो पटक २०२४ को जुन १२ मा सार्वजनिक गरिएको सो ईभीका लागि विस्तारित डिलर नेटवर्क, व्यापक बिक्री पछिको सेवा र इकोसिस्टम निर्माण गरिने र यसले प्रत्येक ग्राहकलाई सहज र सन्तोषजनक अनुभव प्रदान गर्ने जगदम्बा मोटर्सले जनाएको छ ।

सम्बन्धित समाचारहरू

इलेक्ट्रिक सवारी विकासका लागि सोनी र होन्डाले सहकार्य गर्ने

इलेक्ट्रिक सवारी विकासका लागि सोनी र होन्डाले सहकार्य गर्ने

जापनिज कम्पनी सोनी र होन्डाले इलेक्ट्रिक सवारी साधन विकास तथा बिक्री...

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

बीवाईडी एट्टो ३ अब ५० किलोवाट आवरको ब्याट्री प्याकमा नेपाल आउने, रेन्ज ३५० किमी हुने

काठमाडौं – नेपालका लागि बीवाईडी इलेक्ट्रिक कारको आधिकारिक वितरक साइमेक्स...

सुनरा इलेक्ट्रिक स्कुटरमा आयो सुनौलो मनसुन अफर, एउटै स्कुटरमा ६० हजार सम्म छुट

सुनरा इलेक्ट्रिक स्कुटरमा आयो सुनौलो मनसुन अफर, एउटै स्कुटरमा ६० हजार सम्म छुट

काठमाडौं – सुनरा इलेक्ट्रिकको नेपालका लागि आधिकारिक वितरक केटीएम...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...