अमेरिकी बजार प्रवेश गर्ने तयारीमा अल्ट्राभायोलेट, जुटायो ठूलो लगानी
काठमाडौं–भारतको प्रिमियम इलेक्ट्रिक मोटरसाइकल ब्रान्ड अल्ट्राभायोलेट...
काठमाडौं–चिनियाँ ईभी निर्माता एक्सपेङले आफ्नो फ्ल्यागशिप एमपीभी एक्स९ को एयर सस्पेन्सन प्रणालीमा देखिएको गम्भीर प्राविधिक त्रुटि समाधान गर्न ३३ हजार ४७३ युनिट गाडी फिर्ता बोलाउने भएको छ ।
८ अगस्ट २०२३ देखि ११ अगस्ट २०२५ को बीचमा उत्पादन गरिएका एक्स९ गाडीहरू यस रिकल प्रक्रियामा पर्नेछन् । यो प्रक्रिया आगामी २८ अगस्ट २०२६ देखि औपचारिक रूपमा सुरु हुने् जनाइएको छ ।
उत्पादन प्रक्रियामा आएको उतारचढावका कारण अगाडिको एयर स्प्रिङको एयर–टाइट्नेसमा असर परेको कम्पनीले जनाएको छ । अत्यधिक गर्मी र उच्च आद्र्रता भएको वातावरणमा लामो समय गाडी प्रयोग गर्दा अगाडिको एयर सस्पेन्सनबाट बिस्तारै हावा चुहिन सक्ने र गम्भीर अवस्थामा यसले गाडीको नियन्त्रणमा असर पु¥याई सुरक्षा जोखिम समेत निम्त्याउन सक्ने बताइएको छ ।
विशेष गरी चीनको चोङकिङ जस्ता क्षेत्रहरूमा अत्यधिक गर्मीका बीच गाडीको चेसिस एकतर्फी वा पूरै भासिने समस्या आएपछि गाडी धनीहरुले व्यापक गुनासो गरेका थिए । सुरुमा कम्पनीले यसलाई अत्यधिक तापक्रमका कारण कम्प्रेसर तात्ने थर्मल प्रोटेक्सन मोड भनी व्याख्या गरे पनि अहिले आधिकारिक रूपमा हार्डवेयरकै त्रुटि रहेको स्वीकार गरेको छ ।
एक्सपेङ एक्स९ नेपाली बजारमा समेत उपलब्ध प्रिमियम एमपभीभी हो । गत वर्षको नाडा अटो शोमा औपचारिक लन्च गरिएको यस गाडीको मूल्य २ करोड ३० लाख रुपैयाँ निर्धारण गरिएको छ । एक्सपेङको नेपालका लागि आधिकारिक वितरक सीजी मोटर्सले यसको केही युनिटमात्र आयात गरेको थियो ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...