यी हुन् २ करोड २९ लाख मूल्यको बीएमडव्लू आईएक्स–३ मा उपलब्ध प्रमुख फिचर

जर्मन अटो निर्माता बीएमडव्लूले निर्माण गरेको प्रिमियम इलेक्ट्रि एसएभी(स्पोर्ट एक्टिभीटी भेइकल) आईएक्स–३ सम्भवत नेपाली बजारमा उपलब्ध हालसम्मकै सवैभन्दा महंगो ईभी हो । सो नयाँ ईभीलाई आधिकारिक विक्रेता लक्ष्मी प्रिमियमले नेपाल भित्र्याएपछि अहिले प्रिमियम ईभी पारखीमाझ चर्चाको विषय वनिरहेको छ । आईएक्स–३ लाई कम्पनीले २ कारोड २९ लाख रुपैयाँमा बिक्री गर्ने वताएको छ ।

स्पोर्टी लुक्स, एरोडाइनामिक डिजाइन र अत्याधुनिक फिचर र एवं विशेषताले सुसज्जित सो नयाँ एसएभीमा बीएमडव्लूलले ८० किलोवाट आवर क्षमतको उच्च भोल्टेजयुक्त ब्याट्री र २१० किलोवाटको इलेक्ट्रिक मोटर जडान गरेको छ । यसमा जडान गरेको मोटरले २८६ पीएस पावर र ४०० एनएम टर्क जेनेरेट गर्ने सामाथ्र्य राख्दछ भने ब्याट्रीलाई एकपटक फुल चार्ज गरेपछि ४६० किलोमिटर रेन्ज पाउन सकिने दावी गरिएको छ ।

ठूलो आकारको ब्याट्री र उच्च क्षमताको मोटर जडान गरिएको कारण यसले दिने पर्फमेन्स कुनै स्पोर्ट कारले दिनेभन्दा कम नरहने देखिन्छ । सो नयाँ एसएभीलाई १८० किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिन्छ । आईएक्स–३ को ब्याट्रीलाई ११ किलोवाटको एसी वाल चार्जरले ७.५ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

अटोमेटिक ट्रान्समिसन दिइएको सो एसएभीमा रियर ह्विल ड्राइभ सिस्टम पाउन सकिन्छ । आईएक्स–३ को ग्राउन्ड क्लिरियन्स १९० एमएम रहेको छ । जुन नेपालको सवै प्रकारका सडकको लागी उपयुक्त नहुनसक्छ । यसको स्टोरेज क्षमता ५१० लिटर रहेको छ भने पछाडीको सीट रोलाई फोल्ड गरेर उक्त स्टोरेजलाई १५६० लिटरसम्म पुर्याउन सकिन्छ ।

बीएमडव्लूको सो एसएभीमा एडप्टिभ एलइडी हेड ल्याम्प, १२.३ इन्चको डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर र सोही आकारको अर्को इन्फोटेन्ेमैन्ट सिस्टम, १६–स्पिकर हर्मन कार्डोन सराउन्ड साउन्ड सेटअप, एडप्टिभ सस्पेन्सन सिस्टम, ब्रेक इनर्जी रिजेनेरेशन, इन्टेलिजेन्ट ड्राइभिङ एसिस्टेन्स सिस्टम र इन्टेलिजेन्ट पार्किङ सिस्टम लगायत अत्याधुनिक एवं सुविधासम्पन्न फिचर पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

यस्तो छ टीभीएसले ल्याउन लागेको नयाँ इलेक्ट्रिक स्कुटर, अर्को हप्ता लन्च हुने

टीभीएसले २३ अगष्टमा नयाँ इलेक्ट्रिक स्कुटर लन्च गर्ने भएको छ । यूएईको...

अब इलेक्ट्रिक स्कुटरमा आगलागीको खतरा कम हुने, कोमाकीले ल्यायो फायरप्रुफ ब्याट्री

अब इलेक्ट्रिक स्कुटरमा आगलागीको खतरा कम हुने, कोमाकीले ल्यायो फायरप्रुफ ब्याट्री

केही महिना अघि इलेक्ट्रिक स्कुटरमा आगलागीका धेरै घटना भएपनि अब यो समस्या...

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

बीवाईडी ओसन–एम कन्सेप्टको प्रोडक्सन भर्सन कार बीवाईडी सिल एक्स सार्वजनिक

चीनको उद्योग तथा सूचना प्रविधि मन्त्रालयले बीवाईडी सिल एक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...