यो हो पेट्रोलबाट चल्ने विश्वकै शक्तिशाली कार : उत्पादन सुरु
स्पोर्ट्स कार निर्माता कम्पनी एस्टन मार्टिनले आफ्नो पहिलो एस्टन मार्टिन...
महिन्द्राले आफ्नो नयाँ एसयूभी एक्सयूभी ७एक्सओको अर्को टिजर सार्वजनिक गरेको छ । सो एसयूभी आगामी जनवरी ५, २०२६ मा लन्च हुने तयारीमा छ। महिन्द्राले हालै २१ हजार भारु टोकन रकममा यसको बुकिङ खुला गरिसकेको छ ।
नयाँ एक्सयूभी ७एक्सओमा मेकानिकल रूपमा ठूला परिवर्तन नभए पनि डिजाइन, फिचर र इन–कार टेक्नोलोजीमा उल्लेखनीय सुधार गरिएको छ। हाल सार्वजनिक गरिएकाे टिजरमा ५४० डिग्री क्यामेरा सिस्टम देखाइएको छ । साथै यसमा नयाँ एडीएएस भिजुअल डिस्प्ले पनि समावेश गरिएको छ ।
महिन्द्राले पछाडिका यात्रुहरूका लागि ‘बीवाईओडी’ समर्थन भएको इन–कार थिएटर मोड पनि प्रस्तुत गरेको छ। सो फिचर एड्रेनक्स प्लस सफ्टवेयर सिस्टममार्फत सञ्चालन हुनेछ, जसले इन्फोटेनमेन्ट, कनेक्टिभिटी र गाडीको स्मार्ट प्रविधि व्यवस्थापन गर्ने काम गर्छ । गाडीको इन्टेरियर र एक्टेरियर भागमा पनि नयाँ परिवर्तन गरिएको छ ।
एक्सयूभी ७एक्सओमा रिडिजाइन गरिएको एलईडी डे टाइम रनिङ लाइट, प्रोजेक्टर हेडलाइट र पछाडि उल्टो एल आकारका एलिमेन्ट दिइएका छन्। यसमा नयाँ ड्युअल टोन अलोय ह्विल, अपडेट गरिएको बम्पर, ठाडो क्रोम एक्सेन्टसहितको ग्रिल र बोनेट तथा टेलगेटमा एक्सयूभी ७एक्सओ ब्रान्डिङ पनि समावेश गरिएको छ ।
सो गाडी टप स्पेक एएक्स सेभेन एल भेरिएन्ट हुन सक्ने अनुमान गरिएको छ, जसमा बोस मोड सिटिङ, नयाँ एयर भेन्ट, नयाँ सेन्टर कन्सोल, इलेक्ट्रिकली एडजस्टेबल साइड मिरर र अझ राम्रो गुणस्तरका सामग्रीहरू उपलब्ध हुने अपेक्षा गरिएको छ।
महिन्द्रा एक्सयूभी ७एक्सओमा पहिलेझैं २.० लिटर टर्बो पेट्रोल एम स्टालियन र २.२ लिटर एम हक डिजेल इन्जिन विकल्प दिइनेछ । यी इन्जिन ६ स्पिड म्यानुअल तथा अटोमेटिक गियरबक्ससँग उपलब्ध हुनेछ । यसका साथै महिन्द्राले आगामी दिनमा स्कार्पियो एनको फेसलिफ्ट संस्करण पनि लन्च गर्ने तयारी गरिरहेको छ।
स्पोर्ट्स कार निर्माता कम्पनी एस्टन मार्टिनले आफ्नो पहिलो एस्टन मार्टिन...
महिन्द्रा एन्ड महिन्द्राले नयाँ लोगो सार्वजनिक गरेको छ । उक्त लोगो अर्को...
महिन्द्राले अल इलेक्ट्रिक सी–एसयूभी महिन्द्रा एक्सयूभी४०० सार्वजनिक...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...