अग्नि ग्रुपले हेटौडामा खोल्यो नयाँ लजिस्टिक्स सेन्टर, नयाँ बोलेरो निओ र जिओ ईभी सार्बजनिक

काठमाडौं– अग्नि ग्रुपले अग्नि लजिस्टिक्स प्रालिमार्फत हेटौँमा नयाँ लजिस्टिक्स सेन्टर सुरू गरेको छ । बुधबार एक कार्यक्रम आयोजना गरी कम्पनीले लजिस्टिक्स सेन्टरको उद्घाटनसंगै नयाँ बोलेरो निओ तथा जिओ ईभी पिकअप र डेलिभरी भ्यान समेत सार्बजनिक गरेको हो ।

उक्त कार्यक्रममा बाग्मती प्रदेशका मुख्य सचिव भुपाल बराल, अग्नि ग्रुपका अध्यक्ष क्याबिनेट श्रेष्ठ, ग्रुपका प्रबन्ध निर्देशक सुसन श्रेष्ठ, कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा, उपाध्यक्ष वेदा सताषा श्रेष्ठ, महिन्द्रा एण्ड महिन्द्राका नेपाल, भुटान र बंगलादेशका लागि क्षेत्रिय प्रबन्धक चैतन्य कागलकर लगायतको उपस्थिती रहेको थियो ।

सोही कार्यक्रमको अवसर पारेर कम्पनीले महिन्द्राका दुई नयाँ गाडी, बोलेरो निओ तथा जीओ ईभी पिकअप र डेलिभरी भ्यान समेत सार्बजनिक गरेको हो । जसमध्ये, बोलेरो निओमा १४९३ सिसी क्षमताको एमहक १०० विएस६ इन्जिन जडान गरिएको छ । थर्ड जेनेरेसन स्कर्पियो चेसिसमा आधारित निओमा ३८४ लिटरको फराकिले बुट स्पेस र प्रिमियम इटालियन लेटर सिट उपलब्ध छ । बोलेरो निओ ७ सिट क्षमताको निजी तथा व्यवसायिक दुबै प्रयोजनमा प्रयोग गर्न मिल्ने एक मजवुत एसयूभी हो ।

बहुउपयोगी एसयूभीका रुपमा चिनिँदै आएको र नेपाली भूगोलकै लागि भनेर निर्माण गरिएको हुँदा यस नयाँ एसयूभीले महिन्द्रा बोलेरोको वर्षौ देखिको विरासतलाई कायम राखी हरेक यात्रामा सहयात्रीको रुपमा साथ दिने विश्वास कम्पनीले लिएको छ ।

त्यसैगरी, महिन्द्रा लास्ट माइल मोबिलिटी अन्तर्गतको नयाँ जिओ २ भिन्न भेरिएन्टमा सार्बजनिक गरिएको छ । डेलिभरी र पिकअप भेरिएन्टमा उपलब्ध यस ईभीमा ३० किलोवाट क्षमताको मोटर जडान गरिएको छ भने यसले सिंगल चार्जमा १६० किलोमिटरसम्म रेन्ज दिने दाबी गरिएको छ । कम्पनीले यसको ब्याट्रीमा ३ वर्ष अर्थात १ लाख २५ हजार किलोमिटर सम्मको वारेन्टि प्रदान गर्नेछ । कम सञ्चालन लागतमा सहरभित्र दैनिक खाद्यन्न, खानेपानी र तरकारी लगायतका उपभोग्य वस्तुहरु डेलिभरी गर्नका लागि महिन्द्रा जिओ एक उपयुक्त विकल्प बन्ने विश्वास लिइएको छ ।

नेपालको व्यवसायिक क्षेत्रमा मेरुदण्डको रुपमा काम गर्नेगरी अग्नि ग्रुपले देशका विभिन्न स्थानमा आफ्ना लजिस्टिक्स सेन्टरहरु विस्तार गरिरहेको छ । कम्पनीको हाल काठमाडौं, हेटौडा, इटहरी र रुपन्देहीमा गरी कुल चार स्थानमा यस्ता सेन्टर स्थापना भएका छन् ।

यी सेन्टरहरुमा लजिस्टिक्स सेवासंगै अग्नि ग्रुप अन्तर्गतका विभिन्न सोवहरु पनि एकै ठाउँमा उपलब्ध गराइएको छ । जसअन्तर्गत, अग्नि हायर प्रचेजले सवारी साधन खरिदमा वित्तिय सेवा उपलब्ध गराउँदै आएको छ भने अग्नि इन्कर्पोरेटेड प्रालिमार्फत महिन्द्राका नयाँ एसयूभी तथा इलेक्ट्रिक कारहरु बिक्री वितरण हुँदै आएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा बीई६ अव फर्मुला ई–एडिसनमा पनि, के–के छ विशेषता ?

महिन्द्रा बीई६ अव फर्मुला ई–एडिसनमा पनि, के–के छ विशेषता ?

महिन्द्राले फर्मुला–ई–थिममा आधारित विशेष संस्करण ‘बीई ६ फर्मुला ई एडिसन...

४ वर्षमै ३ लाख युनिट बिक्री भयो महिन्द्रा एक्सयूभी ७००, नेपालको अवस्था के ?

४ वर्षमै ३ लाख युनिट बिक्री भयो महिन्द्रा एक्सयूभी ७००, नेपालको अवस्था के ?

काठमाडौं–महिन्द्राको फ्ल्यागशिप एसयूभी एक्सयूभी ७०० ले भारतमा ३ लाख...

महिन्द्रा ‘केयर फेष्ट’ हुँदै, यस्ता छन् छुट र सुविधा

महिन्द्रा ‘केयर फेष्ट’ हुँदै, यस्ता छन् छुट र सुविधा

काठमाडौं– महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...