लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट सम्पन्न, नयाँ स्कुल बस ‘हिरोई’ सार्बजनिक
सुर्खेत–एसएमएल महिन्द्राको नेपालका लागि आधिकारिक वितरक लक्ष्मी कमर्सियल...
काठमाडौं– महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले महिन्द्रा केयर फेष्ट – २०२४ आयोजना गर्ने भएको छ । उक्त केयर फेस्ट माघ २१ देखि २६ गतेसम्म देशव्यापी रुपमा आयोजना हुनेछ ।
केयर फेष्टमा गाडीको ४५ वटा प्वाइन्ट निशुल्क चेकजाँच गरिनुको साथै सर्भिसिङमा लाग्ने लेवर चार्ज र बडी वाशलाई समेत निशुल्क गरिएको छ ।
साथै, स्पेयर पार्ट्स र लुब्रिकेन्ट्स खरिद गर्दा १० देखी ५० प्रतिशतसम्म छुट, एसेसरिजमा २५ प्रतिशत सम्म छुट र १० प्रतिशत एक्सटेन्डेड डिस्काउन्ट कुपन समेत पाउन सकिनेछ । । महिन्द्राका ग्राहकले नेपालभर रहेका महिन्द्रा सर्भिस सेन्टरमा गई सो केयर फेष्टमा सहभागी हुन सक्नेछन्।
महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेष्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...