महिन्द्रा ‘केयर फेष्ट’ हुँदै, यस्ता छन् छुट र सुविधा

काठमाडौं– महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्स प्रालिले महिन्द्रा केयर फेष्ट – २०२४ आयोजना गर्ने भएको छ । उक्त केयर फेस्ट माघ २१ देखि २६ गतेसम्म देशव्यापी रुपमा आयोजना हुनेछ ।

केयर फेष्टमा गाडीको ४५ वटा प्वाइन्ट निशुल्क चेकजाँच गरिनुको साथै सर्भिसिङमा लाग्ने लेवर चार्ज र बडी वाशलाई समेत निशुल्क गरिएको छ ।

साथै, स्पेयर पार्ट्स र लुब्रिकेन्ट्स खरिद गर्दा १० देखी ५० प्रतिशतसम्म छुट, एसेसरिजमा २५ प्रतिशत सम्म छुट र १० प्रतिशत एक्सटेन्डेड डिस्काउन्ट कुपन समेत पाउन सकिनेछ । । महिन्द्राका ग्राहकले नेपालभर रहेका महिन्द्रा सर्भिस सेन्टरमा गई सो केयर फेष्टमा सहभागी हुन सक्नेछन्।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आइरहेको केयर फेष्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकको उल्लासमय सहभागिता रहने अपेक्षा गरेको छ ।

सम्बन्धित समाचारहरू

हुन्डाईलाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

हुन्डाईलाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

महिन्द्रा पहिलो पटक भारतको दोस्रो ठूलो कार निर्माता बनेको छ । फेब्रुअरी...

महिन्द्राले आफ्नो नयाँ प्लेटफर्म इङलोका साथ नयाँ एसयूभी लन्च गर्दै, के हो इङलो प्लेटफर्म ?

महिन्द्राले आफ्नो नयाँ प्लेटफर्म इङलोका साथ नयाँ एसयूभी लन्च गर्दै, के हो इङलो प्लेटफर्म ?

महिन्द्राले भारतीय बजारमा आज दुई नयाँ एसयूभी लन्च गर्ने भएको छ । यसको लागि...

जावा मोटरसाइकलको डिलर अब सुर्खेतमा पनि

जावा मोटरसाइकलको डिलर अब सुर्खेतमा पनि

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको आधिकारिक वितरक अग्नि ग्रुपको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...