महिन्द्रा बीई६ अव फर्मुला ई–एडिसनमा पनि, के–के छ विशेषता ?

महिन्द्राले फर्मुला–ई–थिममा आधारित विशेष संस्करण ‘बीई ६ फर्मुला ई एडिसन (एफई–२) सार्वजनिक गरेको छ । सो नयाँ संस्करणको सुरुवाती मूल्य २३ लाख ६९ हजार भारु निर्धारण गरिएको छ । थप सुविधासहितको एफई–३ भेरियन्टको मूल्य भने २४ लाख ४९ हजार भारु तोकिएको छ ।

कम्पनीका अनुसार, बुकिङ १४ जनवरी २०२६ देखि सुरु हुनेछ भने डेलिभरी १४ फेब्रुअरी २०२६ बाट प्रारम्भ हुनेछ । पहिले आउने ९९९ जना ग्राहकले विशेष सुविधाहरू पाउनेछन् । साथै, छनोट गरिएका तीन भाग्यशाली ग्राहकले २०२६ को लन्डन ई–प्रिक्स प्रत्यक्ष हेर्ने अवसर पाउनेछन् ।

यस संस्करणमा बीई–६ को आधारभूत प्रदर्शनलाई जोगाउँदै रेसिङ–थिमका विशेष फिचरहरू थपिएका छन् । यसले ०–१०० किमी÷घन्टा ६.७ सेकेन्डमा गति लिन सक्छ, २८२ बीएचपी पावर उत्पादन गर्छ र ७९ किलोवपाट ब्याट्री सहित करिब ५०० किमि वास्तविक रेंज प्रदान गर्छ । साथै, यसमा रेस–मोडबाट प्रेरित टर्क डेलिभरी पनि समावेश गरिएको छ ।

महिन्द्राले बीई ६ फर्मुला ई एडिसन राइड पनि सार्वजनिक गरेको छ । जुन बालबालिकाका लागि तयार गरिएको रमाइलो, रेस–थिमको टोडलर कार हो । यसको मूल्य १८ हजार भारु तोकिएको छ र अप्रिल २०२६ देखि उपलब्ध हुनेछ । कम्पनीले यसको डिजाइनलाई पुरै आकारको एसयूभीसँग मिल्दोजुल्दो बनाएको बताएको छ जसले साना बालबालिकामाझ इभि (इलेक्ट्रिक) को आकर्षण बढाउने लक्ष्य राख्छ ।

कम्पनीका अनुसार, भारतमा द्रुत रूपमा बढिरहेको मोटरस्पोर्ट लोकप्रियतालाई सम्मान गर्दै यो संस्करण सार्वजनिक गरिएको हो । महिन्द्राले आफ्नो लामो मोटरस्पोर्ट यात्रा र्याली स्पोर्टदेखि फर्मुला–ई ग्रिडमा जित हासिल गर्ने एकमात्र भारतीय टोली सम्मको अनुभवलाई सडकमा ल्याएको दाबी गरेको छ । यस संस्करणमा मोटरस्पोर्ट प्रेरित स्टाइलिङ, ग्राफिक्स र इन्टेरियर डिटेलिङलाई प्राथमिकता दिइएको छ ।

सम्बन्धित समाचारहरू

सडक परिक्षणका क्रममा देखियो नयाँ स्कर्पियो, यसै बर्षको मध्यसम्ममा सार्बजनिक हुने संभावना

सडक परिक्षणका क्रममा देखियो नयाँ स्कर्पियो, यसै बर्षको मध्यसम्ममा सार्बजनिक हुने संभावना

आफ्नो लोकप्रिय एसयुभी स्कर्पियोलाई पूर्णत नयाँ अबतारमा उतार्ने तयारी...

४५० किलोमिटर भन्दा बढीको रेन्ज दिने  महिन्द्रा एक्सयूभी.ई८ चाँडै लन्च हुने

४५० किलोमिटर भन्दा बढीको रेन्ज दिने  महिन्द्रा एक्सयूभी.ई८ चाँडै लन्च हुने

महिन्द्राले आफ्नो बहुप्रतिक्षित एसयूभी एक्सयूभी.ई८ यस वर्षको अन्त्य...

स्कोपिैयो एक्स बनेर आधुनिक फिचरका साथ आउँदै स्कोर्पियोको नयाँ भर्सन

स्कोपिैयो एक्स बनेर आधुनिक फिचरका साथ आउँदै स्कोर्पियोको नयाँ भर्सन

महिन्द्राले ‘स्कोर्पियो एक्स’ ट्रेडमार्क नेम दर्ता गरेको छ । यसका आधारमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...