सुनराका इलेक्ट्रिक स्कुटरको मूल्य सूची सार्वजनिक, दुई मोडल आउँदै
काठमाडौं – नेपाली बजारमा भित्रिने तयारीमा रहेको नयाँ इलेक्ट्रिक स्कुटर...
काठमाडौं – नेपालमै बनेको विद्युतीय मोटरसाइकल ल्याएर चर्चा कमाएको कम्पनी यात्रीले अब नेपालमै बनेको विद्युतीय स्कुटर समेत बजारमा ल्याउने तयारीलाई अन्तिम चरणमा पु-याएको छ । करिव डेढ वर्ष पहिले यात्री मोटरसाइकल्स र सिप्रदी ट्रेडिङ प्रालि मिलेर बनाएको नयाँ कम्पनीमार्फत सो स्कुटर बजारमा आउने भएको हो ।
हाल सो स्कुटरको रोड टेस्टिङ अर्थात सडक परीक्षण धमाधम भइरहेको कम्पनीले जानकारी दिएको छ ।
यो अवधिमा यात्रीले विद्युतीय स्कुटरको डिजाइन, प्रोटोटाइप तयार पारेर स्कुटर उत्पादन गरी टेस्टिङ थालेको हो। एउटै विद्युतीय स्कुटर ५० हजार किलोमिटर गुडाएर परीक्षण गरेपछि त्यसको रिपोर्टका आधारमा मास उत्पादनमा जाने योजना रहेको यात्रीले जनाएको छ।
२०७६ पुसमा नेपालमै डिजाइन तथा उत्पादन भएको यात्रीको विद्युतीय मोटरसाइकल सार्वजनिक भएको थियो। डिजाइनमा अब्बल रहेको युवाको समूहले बनाएको यात्रीको विद्युतीय मोटरसाइकल विभिन्न उतारचढावबीच चलिरहेको थियो। त्यहीबीचमा यात्रीले सिप्रदीसँग सहकार्यको घोषणा गरेको थियो।
गत असार महिनातिर समेत यो स्कुटरको कार्य अगाडि बढिरहेको जानकारी यात्री मोटरसाइकल्सले दिएको थियो । यात्रीले निर्माण गरेको मोटरसाइकलको नाम पी१ थियो भने स्कुटरका लागि पी२ नाम दिइएको छ ।
काठमाडौं – नेपाली बजारमा भित्रिने तयारीमा रहेको नयाँ इलेक्ट्रिक स्कुटर...
क्यानेडियन प्रधानमन्त्री जस्टिन ट्रुडोको सरकारले चिनियाँ विद्युतीय...
काठमाडौं – ’एथर के सक्षम छ ?’ भन्ने धारणा बदल्ने ऐतिहासिक यात्रा सम्पन्न...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...