एक यूनिट इभीमै फोर्डलाई ५८ हजार वढी डलर नोक्सान, यस्तो छ कारण

अमेरीकन अटो निर्माता फोर्डको इभी यूनिट पुरै घाटामा संचालन भएको विवरण सार्वजनिक भएको छ । २०२३ को पहिलो त्रैमासको वित्तिय विवरण सार्वजनिक गर्दै कम्पनीले इभी अपरेसनमा ठूलो नेक्सानी वेहोर्नुपरेको वताएको हो । इभी यूनिट नोक्सानमा गएपनि कम्वसन इन्जिनयूक्त प्यासेन्जर कार र कमर्सियल भेइकल यूनिट भने नाफामै रहेको जनाइएको छ ।

कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यो वर्षको पहिलो तीन महिनामा कम्पनीले जम्मा १२ हजार इभी उत्पादन गरेको छ भने यसमा कुल ७०० मिलियन डलर नोक्सान भएको छ । जुन प्रति यूनिट ५८ हजार ३३३ डलर हुन आउँछ । यो वर्ष इभी अपरेसनमा कम्पनीको नोक्सान ३ अर्व डलर पुग्ने आँकलन गरिएको छ ।

इभी यूनिटमा नोक्सन हुनुको कारण उत्पादन कटौती र मेक्सिकोमा संचलान हुने भनिएको युनिटमा ढिलाई हुनु प्रमुखक कारण रहेको फोर्डको भनाई छ । सो नयाँ प्लान्टबाट फोर्डले ठुलो भोल्यूममा मुस्टाङ म्याक–ई उत्पादन गर्ने तयारी गरिरहेको छ । मेक्सिकोको सो प्लान्टले वर्षमा २ लाख ५० हजार यूनिट कार उत्पाद गर्ने क्षमता राख्छ ।

इभी उत्पादनमा आक्रमक वन्ने रणनिती अनुसार फोर्डले अमेरीकामा ब्याट्री प्लान्टका लागी ३.५ अर्व डलर लगानी गर्ने घोषणा गरेको छ । साथै उसले सन २०२५ देखी वार्षिक ५ लाख युनिट नेक्स्ट जेन इलेक्ट्रिक ट्रक उत्पादन गर्ने योजना बनाएको छ ।

सम्बन्धित समाचारहरू

विद्युतीय माइक्रो बसमार्फत उपत्यकाबाहिर महानगर यातायातको सेवा विस्तार

विद्युतीय माइक्रो बसमार्फत उपत्यकाबाहिर महानगर यातायातको सेवा विस्तार

काठमाडौं–महानगर यातायात प्रालिले आफ्नो सेवा काठमाडौं उपत्यकाबाहिर...

२०२५ मा ब्याट्रीबाट चल्ने ईभीमा बीवाईडीको रेकर्ड, टेस्लालाई उछिन्ने अवस्था

२०२५ मा ब्याट्रीबाट चल्ने ईभीमा बीवाईडीको रेकर्ड, टेस्लालाई उछिन्ने अवस्था

चिनियाँ विद्युतीय कार निर्माता कम्पनी बीवाईडीले सन् २०२५ मा करिव २२ लाख ५५...

आकर्षक डिजाइन र फरक विशेषता सहित दुई मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक

आकर्षक डिजाइन र फरक विशेषता सहित दुई मोडलका इलेक्ट्रिक स्कुटर सार्वजनिक

काठमाडौं – नेपाली भुबनोटलाई आधार मानेर विकसित गरिएको एफडी ब्रान्डका दुई...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...