बैशाख १६ देखि काठमाडौं उपत्यकामा निषेधाज्ञा, यातायात बन्द हुने

काठमाडौँ - काठमाडौँका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले काठमाडौं उपत्यकाभित्र वैशाख १६ गतेदेखि निषेधाज्ञा जारी गर्ने भएको छ।

आज बिहान बसेको बैठकले कोभिड १९ सङ्क्रमण दर बढिरहेकाले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो। 

'गृह सचिवसँग प्रमुख जिल्ला अधिकारीहरुले छलफल गर्नु भएको थियो। त्यसैका आधारमा निषेधाज्ञा गर्ने तय भएको हो,' गृह मन्त्रालय स्रोतले भन्यो। 

१६ गतेदेखि लागू हुने निषेधाज्ञामा सार्वजनिक यातायात ठप्प हुनेछ। साथै निजी सवारी पनि निषेध गरिने निर्णय भएको छ। मानिसका गतिविधि बाक्लो हुने अन्य क्षेत्रमा पनि निषेधाज्ञा लागू हुने छ। 

कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले संक्रमितिको सक्रिय सङ्ख्यालाई हेरेर स्थानीय प्रशासनलाई निषेधाज्ञा जारी गर्ने अधिकार दिनको लागि सिफारिस गरेको थियो। ठुला शहरहरूमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएको खण्डमा निषेधाज्ञा लगाउन सक्ने अधिकारको सिफारिस गरेको थियो। काठमाडौं जिल्लामा मात्र आइतबार एक हजार भन्दा बढी सङ्क्रमित थपिएका थिए।

आइतवार बसेको सीसीएमसी बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थित नभइ भर्चुअल रुपमा पठन–पाठन गर्न/गराउन पनि निर्देशन दिएको छ। संक्रमण बढेसँगै बाँकेमा निषेधाज्ञा जारी भइसकेको छ। त्यस्तै मकवानपुरमा समेत सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली लागू भइसकेको छ।

अत्यावश्यक सेवा भने निषेधाज्ञाका बिच पनि संचालनमा आउने व्यवस्था मिलाइएको छ।

सम्बन्धित समाचारहरू

अब एक साता थप निषेधाज्ञा, यी क्षेत्रमा भने खुकुलो

अब एक साता थप निषेधाज्ञा, यी क्षेत्रमा भने खुकुलो

काठमाडौं – उपत्यकामा फेरि एक साताका लागि निषेधाज्ञा थपिएको छ । जेठ...

सांसद बस्नेतले हस्तान्तरण गरे नगरपालिकालाई एम्बुलेन्स, कोभिड विरामी ओसार्न सहयोग पुग्ने

सांसद बस्नेतले हस्तान्तरण गरे नगरपालिकालाई एम्बुलेन्स, कोभिड विरामी ओसार्न सहयोग पुग्ने

भक्तपुर । कोभिड–१९ को महामारीमा कोरोना सङ्क्रमित बिरामीलाई अस्पताल लैजान...

गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

गत आर्थिक वर्षमा करिब १ खर्ब रुपैयाँको सवारी आयात : रेकर्ड ब्रेक

काठमाडौं – कोरोना महामारीको समयमा पनि गत आर्थिक वर्ष २०७७/०७८ मा नेपालमा ९७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...