टेस्ला र बीवाईडीमा कुन ब्याट्री उत्कृष्ट ?
इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको छ...
काठमाडौं–लिथियम–आयन ब्याट्रीको मूल्य बढ्ने भएको छ । लिथियम–आयन ब्याट्रीको सबैभन्दा ठूलो निर्माता चीनले यसको प्रमुख कम्पोनेन्ट सेपरेटरको मूल्य बृद्धि हुने जनाएको हो । जसको प्रभाव ईभीको मूल्य बृद्धिमा देखिने उल्लेख गरिएको छ ।
धेरै अग्रणी सेपरेटर निर्माताले सेपरेटरको मूल्य ३० प्रतिशतसम्म बृद्धि हुने संकेतसहित सूचनाहरु जारी गरेका छन् । डेली इकोनोमिक न्यूजका अनुसार, एक अग्रणी कम्पनीले सेपरेटरको मूल्य ३० प्रतिशतसम्म बृद्धि हुने घोषणा गरेको छ ।
सांघाई सेक्युरिटीज जर्नलका अनुसार, बेस फिल्म र कोटेड फिल्म सहित वेट–प्रोसेस सेपरेटरको मूल्य ३० प्रतिशतसम्म वृद्धि अपेक्षा गरिएको छ । लिथियम–आयन ब्याट्रीहरूमा सेपरेटरहरु महत्त्वपूर्ण हुन्छन्, जसले लिथियम आयनलाई स्वतन्त्र रूपमा सार्न अनुमति दिँदै एनोड र क्याथोडलाई भौतिक रूपमा अलग गर्दछ ।
सेपरेटरले सेलको लागतको १० देखी १५ प्रतिशतसम्म हिस्सा ओगट्ने कारण उक्त कम्पोनेन्टमा ३० प्रतिशत मूल्य वृद्धि हुँदा ब्याट्री सेल लागतमा ३ देखी ५ प्रतिशत वृद्धि हुने देखिन्छ । अन्य ब्याट्री सामग्रीको मूल्य भने स्थिर नै रहने उल्लेख गरिएको छ ।
इलेक्ट्रिक सवारी साधनमा प्रयोग हुने प्रविधि तीव्र गतिमा अगाडि बढिरहेको छ...
विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएल ‘नो फायर, नो एक्सप्लोजन’...
ब्याट्री प्रविधिमा भएको एउटा प्रमुख नवप्रवर्तनले विद्युतीय सवारी साधनको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...