‘नो फायर, नो एक्सप्लोजन’ मापदण्ड पुरा गर्ने पहिलो ब्याट्री उत्पादक बन्यो सीएटीएल

विश्वको सबैभन्दा ठूलो ब्याट्री निर्माता सीएटीएल ‘नो फायर, नो एक्सप्लोजन’ मापदण्ड पूरा गर्ने पहिलो ब्याट्री उत्पादक बनेको छ । ब्याट्री सुरक्षाको लागि अनिवार्य गरिएको नयाँ संस्करण जीबी ३८०३१–२०२५ लाई चीन सरकारले मार्च २८, २०२५ मा जारी गरेपछि सीएटीएलले सबैभन्दा पहिले यस्तो मापदण्ड पुरा गरेको हो ।

नयाँ मापदण्ड पुरा गर्न ब्याट्री निर्माताहरूले नयाँ परीक्षणहरू पास गर्नु अवाश्यक थियो । सोही क्रममा सीएटीएल ब्याट्रीको थर्मल डिफ्युजन परीक्षण गर्दा थर्मल रनवेमा आगो लाग्न वा विस्फोट हुनबाट जोगिएको थियो । परीक्षणका क्रममा ब्याट्रीबाट उत्पन्न हुने धुवाँले सवारी साधनमा बस्नेहरूलाई क्षति पुर्याएन भने आगो वा विस्फोट हुनु अघि चेतावनी संकेतहरू प्राप्त भएको थियो ।

सीएटीएलका अनुसार, पहिलो पटक जुन २०२२ मा सेल–टु–प्याक प्रविधिको तेस्रो पुस्ताको रूपमा बजारमा आएको क्विलिन ब्याट्री निरीक्षणको लागि पेश गरिएको थियो । परीक्षण रिपोर्ट चाइना अटोमोटिभ टेक्नोलोजी एण्ड रिसर्च सेन्टरद्वारा जारी गरिएको हो । यो उत्पादन परीक्षण र प्रमाणीकरण प्रदान गर्ने कम्पनीहरूको एक प्रसिद्ध समूह हो ।

विश्वभर १ करोड ८० लाख भन्दा बढी सवारी साधनमा सीएटीएलद्धारा निर्मित ब्याट्री प्रयोग गरिएको छ । यस कम्पनीले उत्पादन गर्ने ब्याट्रीलाई जिकर, एइटो, एलआई एइटो, साओमी, नेटा, अवतार र लोटस लगायत थुप्रै प्रख्यात ईभी निर्माताले प्रयोग गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरू

१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो  ब्याट्री सार्वजनिक

१ हजार किलोमिटरसम्म रेन्ज दिने नयाँ प्रविधिको सस्तो ब्याट्री सार्वजनिक

चीनको अग्रणी ब्याट्री सप्लायर गोसन हाई टेकले १ हजार किलोमिटर रेन्ज दिने...

बिद्युतिय विमान तयार पार्दै सिएटिएल, रेन्ज ३ हजार किलोमिटर सम्म

बिद्युतिय विमान तयार पार्दै सिएटिएल, रेन्ज ३ हजार किलोमिटर सम्म

विश्वको सबैभन्दा ठूलो ईभी ब्याट्री निर्माता सिएटिएलले उच्च–घनत्व...

सीएटीएलले ल्यायो १५०० किमि रेन्ज र ६ मिनेटमै फूल चार्ज हुने ब्याट्री

सीएटीएलले ल्यायो १५०० किमि रेन्ज र ६ मिनेटमै फूल चार्ज हुने ब्याट्री

काठमाडौं–ब्याट्री उत्पादनमा ख्याती कमाएको चिनियाँ कम्पनी सीएटीएलले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...