केज पार्टनर्स मिट २०२५ सम्पन्न, बजार हिस्सा र गुणस्तरका आधारमा अब्बल भएको दाबी
केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर...
ब्याट्री प्रविधिमा भएको एउटा प्रमुख नवप्रवर्तनले विद्युतीय सवारी साधनको दायरा १० गुणा बढाउन सक्ने देखाएको छ । जसले गर्दा ईभी बजारमा ठूलो परिवर्तन आउन सक्ने अनुमान गरिएको छ ।
ब्याट्रीको उर्जा भण्डारणमा सुधार ल्याउन विकास गरिएको यस नयाँ प्रबिधीले सवारी साधनको दायरा नाटकीय रूपमा विस्तार हुने र नवीकरणीय ऊर्जा प्रयोगमा क्रान्तिकारी परिवर्तन आउँने विश्वास लिइएको छ ।
ब्याट्रीले दुई प्रमुख भागहरू एनोड र क्याथोडमार्फत ऊर्जा भण्डारण गर्छन् । सवारी साधनलाई चार्ज गर्दा एनोडले ऊर्जालाई होल्ड गरेर ब्याट्रीमार्फत विद्युतीय सवारी साधन जस्ता उपकरणहरूलाई शक्ति प्रदान गर्दछ । धेरैजसो सामान्य ब्याट्री एनोड ग्रेफाइटबाट बनेका हुन्छन् ।
वैज्ञानिकहरूले लामो समयदेखि सिलिकन जस्ता विकल्पहरू खोजिरहेका छन् । किनभने यसले उल्लेखनीय रूपमा बढी ऊर्जा भण्डारण गर्न सक्छ । तर, सिलिकनको पनि आफ्नै चुनौतीहरू छन् । चार्ज गर्दा विस्तार हुने भएकाले यसले ब्याट्रीलाई क्षति पुर्याउन सक्ने र सुरक्षा जोखिमहरू सिर्जना गर्नसक्छ । सोहि जोखिमका कारण धेरै फाइदाहरूको बावजुद पनि सिलिकनलाई व्यापक प्रयोग गर्नबाट प्रतिवन्धित गरिएको छ ।
सिलिकनलाई फुल्लिनबाट रोक्न हालै पोहाङ विज्ञान तथा प्रविधि विश्वविद्यालयका प्राध्यापक सुजिन पार्क र युन सु किमले सोगाङ विश्वविद्यालयका प्राध्यापक जेगेनसँग सहकार्य गरेका छन् । उनीहरूको टोलीले एक नवीन बाइन्डर सामग्री विकास गरिसकेका छन् । यो महत्वपूर्ण विकासले सिलिकन एनोडहरू प्रयोग गर्ने ब्याट्रीहरूलाई ग्रेफाइटमा भर पर्ने ब्याट्रीहरू भन्दा १० गुणा बढी ऊर्जा सुरक्षित रूपमा भण्डारण गर्न अनुमति दिन्छ ।
बैज्ञानिकहरुले गरेको यो विकासले भविषयमा ईभी क्षेत्रमा ठूलो गेम चेन्जरको भुमिका निर्बाह गर्ने अनुमान गरिएको छ ।
केज ब्याट्रीको नेपालका लागि आधिकारिक वितरक तथा नेपालको अटोमोटिभ स्पेयर...
विश्वभर विद्युतीय सवारी साधनको माग तीव्र रूपमा बढिरहेका बेला चीनका...
वेलायती स्टार्ट–अप कम्पनी निओबोल्टले जम्मा ४ मिनेट ३७ सेकेन्डमै १०% देखि...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...