ल्हेन्दे खोलाको बाढीले ट्रक व्यवसायीलाई लाखौँको क्षति, आवश्यक पहल गर्न आग्रह

काठमाडौं - गत असार २४ गते चीनको ल्हेन्दे खोलामा गएको विनाशकारी बाढीका कारण केरुङ नाकामा रहेको नितेरी पुल बगाउँदा नेपाल र चीनबिचको मालसामान ढुवानी पूर्णरूपमा अवरुद्ध भएको छ । बाढीले जनधनसहित ठूलो संख्यामा ट्रक र कन्टेनरहरूमा क्षति पु¥याएपछि नेपाल ट्रक यातायात व्यवसायी महासंघले बुधबार परराष्ट्र मन्त्रालयमा पत्र दिदैँ तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ ।

महासंघका महासचिव राजेन्द्र विक्रम बाँनिया अनुसार २०८२ असार २४ गते आएको बाढीले केरुङ नाका वरपरका क्षेत्रहरूमा व्यपाक क्षति पु¥याएको र जसका कारण नेपालतर्फका सयौं ट्रक कन्टेनरहरू बगाएका र झण्डै ३०० वटा कन्टेनर चीनतर्फ भन्सार प्रक्रियामा अड्किएका छन् । ती कन्टेनरहरूमध्ये धेरैमा नेपालका व्यवसायीहरूले चीनबाट ल्याइरहेका सामान लोड रहेको र बाढीपछिको अवरोधका कारण झण्डै चार महिना बितिसक्दा पनि ढुवानी सञ्चालन हुन नसक्दा व्यवसायीहरू ठूलो आर्थिक संकटमा परेको महासंघले जनाएको छ ।

महासंघले परराष्ट्र मन्त्रालयलाई चीन सरकारसँग आवश्यक समन्वय गरी केरुङ नाकामा रोकिएका कन्टेनरहरू नेपाल ल्याउने प्रक्रिया सहज बनाउन अनुरोध गरेको छ । महासंघका महासचिव बानिँयाले यस विषयमा बुधबार परराष्ट्र मन्त्रालयका सचिवसँग भएको भेटमा व्यवसायीको समस्या विस्तृत रूपमा राखेको बताए । सो विषयमा मन्त्रालयका सचिवले सकारात्मक प्रतिक्रिया व्यक्त गर्दै आवश्यक पहल गर्ने आश्वासन दिएको उनले जानकारी दिए ।

यसैबीच नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागको यान्त्रिक कार्यालय नुवाकोटले रसुवागढी बाढीबाट क्षतिग्रस्त भएका सवारीसाधनहरूको मर्मत खर्च सम्बन्धी विस्तृत मूल्याङ्कन विवरण तयार पारेको छ । कार्यालयका अनुसार बाढीले क्षति पु¥याएका सात वटा मालवाहक कन्टेनर ट्रकहरूको अनुमानित मर्मत खर्च करिब २४ लाख ३० हजार रुपैयाँभन्दा बढी हुने देखिएको छ ।

यान्त्रिक कार्यालयका अनुसार सवारी साधनहरू ढोका लक अवस्थामा भएकाले पूर्ण निरीक्षण गर्न कठिनाइ भएको र प्रतिवेदन बाहिरी निरीक्षणका आधारमा तयार पारिएको हो । त्यसैले वास्तविक मर्मत खर्च फरक पर्न सक्ने उल्लेख गरिएको छ ।

महासंघका महासचिव बानियाँले बाढीपछिको लामो ठप्प अवस्थाका कारण सदस्य व्यवसायीहरू गम्भीर आर्थिक संकटमा परेको जनाउँदै चीनतर्फ रहेका कन्टेनरहरू छिटो नेपाल ल्याउन र क्षतिग्रस्त सवारी साधनको मर्मत प्रक्रिया सहज बनाउन सरकारको सक्रिय पहल अपरिहार्य भएको बताएका छन् ।

सम्बन्धित समाचारहरू

सवारी साधनमा नम्बर प्लेट नराख्ने र अन्य कानुन विपरितका कार्य गर्नेलाई कस्तो छ सजायको व्यवस्था ?

सवारी साधनमा नम्बर प्लेट नराख्ने र अन्य कानुन विपरितका कार्य गर्नेलाई कस्तो छ सजायको व्यवस्था ?

दर्ताको प्रमाणपत्रमा उल्लेख भए बमोजिमको वास्तविक नम्बर वा प्लेट नराखी...

के सम्भव होला ? दुई दिन सार्वजनिक बिदा, जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

के सम्भव होला ? दुई दिन सार्वजनिक बिदा, जोरबिजोर प्रणाली लागू गर्न निगमको प्रस्ताव

नेपाल आयल निगमले इन्धन खपत घटाउन साताको दुई दिन सार्वजनिक बिदा दिन...

ब्लुबुक अनलाइनबाटै यसरी गर्नुस् नवीकरण (प्रक्रिया सहित)

ब्लुबुक अनलाइनबाटै यसरी गर्नुस् नवीकरण (प्रक्रिया सहित)

बागमती प्रदेश सरकारले आज देखि सवारी साधनको कर तिर्न र नवीकरण गर्न सकिने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...