ब्लुबुक अनलाइनबाटै यसरी गर्नुस् नवीकरण (प्रक्रिया सहित)

बागमती प्रदेश सरकारले आज देखि सवारी साधनको कर तिर्न र नवीकरण गर्न सकिने अनलाइन प्रणालीको सुरुवात गरेको छ । यससँगै अब ब्लुबुक अर्थात बिल बुक नवीकरण गर्न र कर तिर्न अनलाइनमार्फत घरैमा बसेर सकिने भएको छ ।

अब यातायात कार्यालयमा गएर घण्टौ लाइन लाग्नु पर्ने झन्झटको अन्त्य हुने भएको छ भने ब्लुबुक समेत बोकिरहनु पर्ने झन्झट पनि हुने छैन । सवारी साधनको कर तिरे वा नतिरेको बारेमा ट्राफिक प्रहरीले क्यूआर कोड स्क्यान गरेरै हेर्न सक्ने छन् । यद्यपि एक पटक भने भेरिफाई गर्नका लागि यातायात कार्यालयमा पुग्नु पर्नेछ ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले विकास गरेको यातायात व्यवस्था सूचना प्रणाली (टीएमआईएस) र नागरिक एपबाट कर तिर्न सकिन्छ । टीएमआईएसबाट कर तिर्न शुरूमा यहाँ क्लिक गर्नुहोस् । त्यसपछि दाँयासाइडमा सवारीधनी लगइन पोर्टल देखिन्छ ।

त्यहाँ नयाँ दर्ता भन्ने एउटा अप्सन देखिन्छ । त्यसमा क्लिक गर्नुहोस् र आफ्नो विवरण राखेर एकाउन्ट बनाउनुहोस् । त्यसपछि एकाउन्ट लगइन गर्नुहोस् । लगइन गरेपछि त्यहाँ एउटा प्लस आइकन देखिन्छ सो आइकनमा क्लिक गर्नुहोस् । त्यसपछि आफ्नो ब्लुबुक अनुसारको विवरण थप्नुहोस् र आफ्नो प्रोफाइल अपडेट गर्नुहोस् ।

यदी विवरण मिलेन भने आफै विवरण सच्याउन पनि सकिन्छ । अब त्यहाँ भुक्तानी गर्नुपर्ने कर रकम देखिन्छ । आफ्नो सवारीसाधनको बिमा कायम रहेको नरहेको यकिन गर्नुहोस् र छैन भने अनलाइनमै उपलब्ध भएको बिमा भर्नुहोस् । त्यसपछि कर तिर्नुहोस् भन्ने अप्सन देखिने छ त्यसमा क्लिक गर्नुहोस् ।

यति भएपछि कर तिर्नुपर्ने रकम त्यहाँ देखाउँछ । त्यसपछि कुन कार्यालयमा कर तिर्नुपर्ने उक्त कार्यालय छनोट गर्नुहोस् । अनि त्यहाँ एउटा विवरण देखिन्छ जहाँ कनेक्ट आईपीएस क्लिक गरी रकम तिर्नुहोस्मा क्लिक गर्नुहोस् ।

त्यसपछि कनेक्ट आईपीएस लगइन गर्नुहोस् र कुन बैंक खाताबाट रकम तिर्ने भनेर खाता छनोट गर्नुहोस् र सबमिट गर्नुहोस् । अनि ओटिपी राखेर भुक्तानी गर्नुहोस् ।

रकम भुक्तानी भएपछि रसिद डाउनलोड गर्ने अप्सन देख्नुहुनेछ । उक्त रसिदमा क्यूआर कोडसहित तपाईको सवारीसाधनको सम्पूर्ण विवरण हुन्छ ।

उक्त डाउनलोड गरेको रसिद तपाईको सवारीसाधनमा टाँस्नुहोस् । जसबाट ट्राफिक प्रहरीले मोबाइल एपबाट उक्त कोड स्क्यान गरी कर तिरे नतिरेको यकिन गर्नेछन् । यो कोड राखेपछि ब्लुबुक बोकेर हिड्नु पर्दैन ।

यो सबै सेवा नागरिक एपबाट समेत लिन सकिन्छ । अनलाइन भुक्तानी सम्बन्धी कार्यविधिअनुसार करको रकम अनलाइनबाट भुक्तानी गर्न सकिनेछ । तर उक्त बिल बुकको अद्यावधिक, भेरिफाई गर्नका लागि एक महिनाभित्र यातायात कार्यालय पुग्नु पर्नेछ । एक पटक भेरिफाई गरिसकेपछि अर्को वर्षदेखि भने यातायात कार्यालय पुग्नुपर्ने छैन ।

सम्बन्धित समाचारहरू

ड्राइभिङ लाइसेन्सकाे नयाँ नियम लागु हुने

ड्राइभिङ लाइसेन्सकाे नयाँ नियम लागु हुने

काठमाडौं- सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षाका लागि...

६ महिनामा १० लाख बढी सवारीसाधन कारबाहीमा

६ महिनामा १० लाख बढी सवारीसाधन कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले चालु आर्थिक वर्षको छ महिनामा देशभर १० लाख ५२...

नागढुङ्गा सुरुङमार्ग निर्माण दुई वर्षमा २३ प्रतिशत

नागढुङ्गा सुरुङमार्ग निर्माण दुई वर्षमा २३ प्रतिशत

नेपालको पहिलो सुरुङमार्गको निर्माण २३ प्रतिशत सकिएको छ। निर्माण सुरु भएको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...