लिपमोटर टी०३ अब नेपालमा, मूल्य २८ लाख ९९ हजार

काठमाडौं – प्रतिष्ठित गोल्छा अर्गनाइजेसनको सदस्य सांग्रिला मोटर्स प्रालिले आधिकारिक रुपमा नयाँ ईभी लिपमोटर टी०३ लन्च गरेको छ । यसको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

सो अवसरमा बोल्दै सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम् र दिगो विश्वस्तरिय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाइएकोमा खुसी व्यक्त गरे ।

लिपमोटर टी०३ मा ३७.३ किलोवाट आवर ब्याट्री रहेको छ जसको डब्लुएलटीपी रेन्ज कम्बाइन्ड साइकलमा २६५ किमी र अर्बन साइकलमा ३९५ किमी रहेको कम्पनीको भनाइ छ । यसमा लेभल २ एडभान्स्ड लिप पाइलट ड्राइभर एक्टिभ सेफ्टी असिस्टेन्स प्रणाली पनि समावेश गरिएको छ, जसले स्मार्ट र सुरक्षित ड्राइभिङ अनुभव प्रदान गर्दछ ।

‘हामी लिपमोटर टी०३ नेपालमा प्रस्तुत गर्न उत्साहित छौं, जसले दिगो यातायातको भविष्यको मार्गदर्शन गर्ने हाम्रो दृष्टिकोणलाई अझ बलियो बनाउँछ,’ सांग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले भने ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान र लिपमोटर तथा सिट्रोनका ब्रान्ड एम्बेसडर रोहित पौडेलले कार्यक्रमलाई सम्बोधन गर्दै ब्रान्डको नेतृत्व, दृढता र उत्कृष्टताले यसको मूल्य झल्काउने बारेमा आफ्नो मन्तव्य राखेका थिए ।

सांग्रिला मोटर्सले यो भन्दा पहिले नेपाली बजारमा लिपमोटर सी१० उपलब्ध गराइसकेको छ भने अहिले टी०३ ल्याएको हो । सांग्रिला मोटर्स २०१७ देखि प्यूजोको र २०२१ देखि सिट्रोनको आधिकारिक आयातकर्ता रहेको छ ।

सम्बन्धित समाचारहरू

नेपालका प्रमुख ८ सहरमा एकसाथ लन्च भयो आईकार भी२३

नेपालका प्रमुख ८ सहरमा एकसाथ लन्च भयो आईकार भी२३

काठामाडौं–आईकार भी२३ को नेपालका लागि आधिकारिक वितरक एसपिजी अटोमोबाइल्स...

इभी उत्पादनमा हुन्डाईले १८.१४ अर्व डलर लगानी गर्ने, २०३० सम्म तेस्रो ठूलो इभी उत्पादक वन्ने

इभी उत्पादनमा हुन्डाईले १८.१४ अर्व डलर लगानी गर्ने, २०३० सम्म तेस्रो ठूलो इभी उत्पादक वन्ने

कोरीयाली अटो उत्पादक हुन्डाईले आगामी सात वर्षमा विद्युतीय गाडी उत्पादनका...

नेपालमा पहिलो पटक पाइलट समिट हुँदै, टाइटल स्पोन्सर स्काईवेल ईभी

नेपालमा पहिलो पटक पाइलट समिट हुँदै, टाइटल स्पोन्सर स्काईवेल ईभी

काठमाडौं – विभिन्न वायुसेवा कम्पनीसँग आवद्ध रहेका नेपाली पाइलटहरु एउटै...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...