लिपमोटरले नोभेम्वरमा बेच्यो ७० हजार बढी ईभी, २०२६ मा १० लाख कार बिक्री गर्ने लक्ष्य

काठमाडौं – लिपमोटरले नोभेम्बरमा ७० हजार ३२७ सवारीसाधन बिक्री गर्दै नयाँ माइलस्टोन कायम गरेको छ । लगातार सातौं महिनाको बिक्री रेकर्ड तोड्दै कम्पनीले नयाँ उपलब्धि हाँसिल गरेको हो ।

नोभेम्बरको बिक्री गत वर्षको सोही अबधीको तुलनामा ७५ प्रतिशतले बढेको छ । कम्पनीले जनवरीदेखी नोभेम्बरसम्म कुल ५ लाख ३६ हजार १३२ युनिट कार बिक्री गरेको छ, जुन गतवर्षको तुलनामा ११३ प्रतिशतले बढी हो ।

सन् २०२५ मा कुल ५ लाख कार बिक्री गर्ने लक्ष्य लिएको लपमोटरले एक महिना बाँकी छँदै उक्त लक्ष्यभन्दा बढि कार बिक्री गरिसकेको छ । साथै, कम्पनीले अव २०२५ को अन्तिमसम्ममा ५ लाख ८० हजारदेखी ६ लाख ५० हजार युनिटसम्म कार बिक्री गर्ने लक्ष्य निर्धारण गरेको छ ।

२०२६ सम्ममा वार्षिक १० लाख कार बिक्री गर्ने लक्ष्य कम्पनीको रहेको छ । उक्त लक्ष्य पुरा गर्न लिपमोटरको विस्तारित लाइनअपले सहयोग पुर्याउने अपेक्षा गरिएको छ । लिपमोटरको लाइनअपमा अहिले लाफा५ इलेक्ट्रिक ह्याचब्याक, ए१० कम्प्याक्ट इलेक्ट्रिक एसयूभी र ८० किलोवाट आवर ब्याट्री प्याक भएको फ्ल्यागशिप डी१९ एसयूभी जस्ता मोडेलहरु समावेश छन् ।

डिसेम्बर २८ मा आफ्नो १०औँ वार्षिकोत्सव मनाउने तयारीमा रहेको लिपमोटरले नेपाल सहित विश्व बजारमा उन्नत, प्रभावकारी र उच्च गुणस्तरका इलेक्ट्रिक सवारीसाधन उपलब्ध गराउने आफ्नो अभियान जारी राख्ने जनाएको छ ।

सम्बन्धित समाचारहरू

किया इभी६ को रेन्ज : डव्लुएलटिपी भन्छ ५२८ एआरएआईको दावी ७०८ किलोमिटर

किया इभी६ को रेन्ज : डव्लुएलटिपी भन्छ ५२८ एआरएआईको दावी ७०८ किलोमिटर

किया इभी६ को रेन्जलाई लिएर डव्लुएलटिपी र एआरएआईको दावी वाझिएको छ ।...

महाराष्ट्रका ९० प्रतिशत ओला शोरुम बन्द गर्न निर्देशन, यस्तो छ कारण

महाराष्ट्रका ९० प्रतिशत ओला शोरुम बन्द गर्न निर्देशन, यस्तो छ कारण

महाराष्ट्र सरकारले ओला इलेक्ट्रिकलाई आफ्नो राज्यमा रहेका ९० प्रतिशत...

यस्तो हुनेछ किया ईभी९ इलेक्ट्रिक एसयूभी

यस्तो हुनेछ किया ईभी९ इलेक्ट्रिक एसयूभी

किया ईभी९ को कन्सेप्ट भर्सन केही दिन पहिले भारतमा सम्पन्न अटो एक्सपो २०२३...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...