लीपमोटर बी१० मा अव ८०० भोल्टको अत्याधुनिक प्रविधि, ईभी प्रतिस्पर्धा अझै रोचक बन्ने

काठमाडौँ — विश्व बजारमा विद्युतीय सवारी साधन (ईभी) को प्रतिस्पर्धा चलिरहँदा चिनियाँ ईभी निर्माता लीपमोटरले बजेट सेग्मेन्टमा ठुलो धक्का दिएको छ । कम्पनीले करिब १५ हजार अमेरिकी डलरको मूल्यमा अत्याधुनिक ’८०० भोल्ट सिलिकन कार्बाइड’ हाई भोल्टेज प्लेटफर्म उपलब्ध गराएको हो ।

सामान्यतया अत्यन्त महँगा र प्रिमियम ईभीहरूमा मात्र प्रयोग हुँदै आएको ८०० भोल्ट प्रविधिलाई लीपमोटरले पहिलो पटक यो बजेट मूल्यमा उतारेर अटो बजारमा नयाँ तरंग सिर्जना गरिदिएको छ ।

कम्पनीले १६ जुलाई २०२६ मा आफ्ना लोकप्रिय मोडल बी१० र बी०१ को परिमार्जित भसर्नन सार्वजनिक गर्दै उक्त प्रविधिको औपचारिक घोषणा गरेको हो । जसको सुरुवाती मूल्य क्रमशः १४ हजार ७०० र १४ हजार १०० डलर निर्धारण गरिएको छ ।

किफायती मूल्य भए तापनि यी दुवै मोडेलका सबै भेरियन्टमा क्वालकम ८६५० इन्टेलिजेन्ट ड्राइभिङ चिप र लिडार सेन्सरहरू जडान गरिएका छन्, जसले यसलाई प्रविधि र सुरक्षाका हिसाबले निकै बलियो बनाएको छ ।

लन्च कार्यक्रममा बोल्दै लीपमोटरका वरिष्ठ उपाध्यक्ष काओ लीले नयाँ मोडेलहरूप्रति उच्च आत्मविश्वास व्यक्त गरे । उनले भने, ‘यदि प्रतिस्पर्धीहरूले आजैबाट लीपमोटरलाई पछ्याउन थाले भने पनि, उनीहरू अर्को वर्ष (२०२७) सम्म पनि हाम्रो यो प्रविधि र मूल्यको बराबरीमा आउन सक्ने छैनन् ।’

लीपमोटरले यी मोडेलहरूलाई पहिलो पटक सन् २०२५ मा बजारमा ल्याएको थियो भने अहिले २०२६ मा यो नयाँ प्रविधिसहितको व्यापक अपग्रेड गरेको हो ।

बी१० हाल नेपाली बजारमा समेत बिक्री हुँदै आएको विद्युतीय एसयूभी हो । आगामी दिनमा यसको परिमार्जित भर्सन नेपाली बजारमा समेत उपलब्ध हुने अनुमान गर्न सकिन्छ । यो नयाँ भर्सन नेपाल भित्रिए यहाँको ईभी प्रतिस्पर्धा अझै रोचक बन्ने देखिन्छ ।

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...