नाइमा एक्सपोलाई लक्षित गर्दै नयाँ ईभीको लहर, यी हुन् बजार तताउन तयार ४ मुख्य मोडल
काठमाडौँ–आगामी नाइमा नेपाल मोबिलिटी एक्सपोलाई लक्षित गरी नेपाली...
काठमाडौं — लिपमोटरको बहुप्रतिक्षित विद्युतीय एसयूभी बी०३एक्स नेपाल आइपुगेको छ । लिपमोटरको नेपालका लागि आधिकारिक वितरक सांग्रिला मोटर्स प्रालिले यस नयाँ ईभीलाई छिट्टै एक विशेष कार्यक्रमका बीच औपचारिक रूपमा सार्वजनिक गर्ने जनाएको छ ।
इन्टेलिजेन्ट अर्बन मोबिलिटीको आधुनिक अवधारणामा आधारित यस एसयूभीको सार्वजनिक समारोहमा सहभागीहरूले पहिलोपटक प्रत्यक्ष अवलोकन गर्न पाउनेछन् भने कार्यक्रम सम्पन्न भएसँगै यसको बुकिङ खुला गरिनेछ ।
नेपालका विविध सडक अवस्थालाई ध्यानमा राखी तयार पारिएको लिपमोटरको यस नयाँ विद्युतीय एसयूभीले दैनिक व्यावहारिक प्रयोग र उच्चस्तरीय प्रविधिलाई उत्कृष्ट रूपमा संयोजन गरेको छ । यसएयूभीमा यस श्रेणीमै उत्कृष्ट १४५ किलोवाटको मोटर र ५३ किलोवाट आवर्सको ब्याट्री क्षमता रहेको छ भने यसले ५०५ किलोमिटरसम्मको सीएलटीसी रेन्ज प्रदान गर्ने दाबी गरिएको छ ।
५१० लिटरको फराकिलो बुटस्पेस, प्रिमियम बनावट र फराकिलो केबिन रहेको यस एसयुभी सुरक्षाका दृष्टिल समेत अब्बल रहेको छ । यसमा एडास लेभल २ प्रविधि जडान गरिएको छ, जसले सुरक्षित र इन्टेलिजेन्ट ड्राइभिङको नयाँ मापदण्ड स्थापित गर्ने अपेक्षा गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...