याडियाका तीन नयाँ स्कुटर नेपाली बजारमा, नाइमा शोमा १० हजार छुट
काठमाडौं– याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले नयाँ...
काठमाडौँ–चिनियाँ ईभी निर्माता लिपमोटरको चर्चित कम्प्याक्ट एसयूभी ए१० ले चीनमा नयाँ कीर्तिमान कायम गरिरहँदा यो गाडी अब छिट्टै नेपाली सडकमा पनि गुड्ने भएको छ ।
मार्चको अन्त्यमा सार्वजनिक भएको लिपमोटर ए१० ले भर्खरै सार्वजनिक जुलाई २०२६ को तथ्यांक अनुसार एकै महिनामा २८ हजार ५९३ युनिट डेलिभरी भई आफ्नो बिक्रीमा ऐतिहासिक सफलता हासिल गरेको छ ।
चीनमा छोटो समयमै पाएको यो अभूतपूर्व लोकप्रियताका बीच नेपाली बजारमा भने यो गाडी लिपमोटर बी०३एक्स को नाममा आधिकारिक रूपमा बिक्री सुरु हुन लागेको हो ।
लिपमोटरको नेपालका लागि आधिकारिक वितरक साङ्ग्रिला मोटर्सले आज एक कार्यक्रम गरी बी०३एक्स लन्च गर्दैछ । त्यसपछि यो नयाँ कार नेपाली सडकमा गुड्न थाल्नेछ । यस एसयूभीलाई कम्पनीले साउन २६ गतेदेखी काठमाडौंमा आयोजना हुने नाइमा मोबिलिटी एक्सपोमा उच्च प्राथमिकताका साथ प्रदर्शन गर्ने तयारी गरेको छ ।
५३ किलोवाट आवरको ब्याट्री प्याक, १४५ किलोवाटको मोटर र एक पटकको फुल चार्जमा ४०० किलोमिटरसम्मको रेन्ज दिने यो ईभीले नेपाली बजारमा बीवाईडी एटो–२, नामी भिगो र ओरा ५ जस्ता मोडलहरूसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने छ । यो कार नेपाली बजारमा ४० देखी ५० लाखको विचमा लन्च हुने अनुमान गरिएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...